बौद्ध धर्मावलम्बीले आज पञ्चदान पर्व मनाउँदै « Khabarhub

बौद्ध धर्मावलम्बीले आज पञ्चदान पर्व मनाउँदै


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– दीपङ्कर बुद्धको पूजाअर्चना गरेर बौद्ध धर्मावलम्बीहरूले आज पञ्चराँ (पञ्चदान) पर्व मनाउँदै छन् । हरेक वर्ष आज भाद्र कृष्ण त्रयोदशीका दिन यो पर्व मनाउने गरिन्छ ।

आज दीपङ्कर भनेर पुजिने बुद्धका पाँच स्वरूपमध्ये भक्तपुरको प्रशन्नशील महाविहार काठमाडौंको मूल दीपङ्कर बुद्ध, चर्तुब्रह्म महाविहार साकोठाको दीपङ्कर बुद्ध, मङ्गलधर्म दीप महाविहार झौरवहीको दीपङ्कर बुद्ध, जयकीर्ति महाविहार थथुवही इटाछेंको दीपङ्कर बुद्ध र बौद्ध समकृत विहार कुथुवही भक्तपुर मिनीबस पार्कको दीपङ्कर बुद्धलाई भक्तपुर वडा नम्बर ९ सूर्यमढीस्थित डबलीमा राखेर पूजा गर्ने प्रचलन छ ।

सूर्यमढी टोलस्थित आदिपद्म महाविहारमा मूल पुजारी  द्वारा पञ्चदान प्रारम्भ गरेपछि पाँच दीपङ्कर बुद्धका प्रतिमालाई बाजागाजा तथा स्तोत्रपाठका साथ नगर  परिक्रमा गराइन्छ ।

केही दशकयता भक्तपुरमा यो पर्व बौद्ध धर्मावलम्बी बाहेकका नेवार समुदायले पनि मनाउँदै आएका छन् । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ९ : २५ बजे

कांग्रेस देउवा पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौं– नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ

मध्यपहाडी लोकमार्ग : ‘आर्क ब्रिज’ निर्माण सुरु

पर्वत– पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क

म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान

म्याग्दी–  यहाँका एक जना किसानले एक सय २० मुरी धान

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको