सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान « Khabarhub

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा– संखुवासभामा डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’  नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ ।

स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा सङ्घसंस्थाहरू सहभागी भएका थिए ।

उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा खाली गर्दै साथै समुदायलाई डेङ्गीका लक्षण र रोकथामबारे जानकारीसहितका पर्चा वितरण गरेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यले डेङ्गी हिमाली जिल्लासम्म पुग्नु चिन्ताजनक भएको बताए । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौमा ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्यकर्मीका अनुसार एडिस एजिप्टी नामको लामखुट्टेले सफा पानीमा फुल पार्ने बिहान र बेलुका सक्रिय हुने भएकाले घर वरिपरि पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने मुख्य रोकथामका उपाय भएको बताएका छन् । वर्षायाममा अझ बढी सतर्कता अपनाउन उनीहरूले अनुरोध गरेका छन् । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : ५१ बजे

प्रहरी महानिरीक्षक कार्कीद्वारा महिला भलिबल टोलीको बिदाइ

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले माल्दिभ्समा हुने काभा भलिबल

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका