अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान « Khabarhub

अन्तर्राष्ट्रिय आलोचनाबीच इजरायलले सुरु गर्‍याे गाजा नियन्त्रण अभियान


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायली सेनाले गाजा सहर कब्जा गर्ने योजनाअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ । सेनाका अनुसार गाजा सहरको बाहिरी क्षेत्र नियन्त्रणमा लिइसकेको दाबी नै गरिसकेको छ ।

बीबीसीले एक सैन्य प्रवक्ताको हवाला दिँदै जैतुन र जबालिया क्षेत्रमा कब्जाको तयारीका लागि पहिलेदेखि नै सैनिक तैनाथ गरिएको समाचारमा उल्लेख गरेको छ ।

गाजा सहर कब्जा गर्ने सैन्य अभियानलाई मङ्गलबार रक्षामन्त्री इजरायल काट्जले अनुमति दिएका थिए । गत साता अन्तिमतिर सुरक्षा मन्त्रिपरिषदमा उक्त अभियानको प्रस्ताव पेस भएको थियो ।

यसैबीच, सैन्य अभियानले प्यालेस्टाइनी नागरिकमाथि पर्ने असरलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा इजरायलको निन्दा भइरहेको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार सशस्त्र समूह हमासले इजरायलमाथि युद्धविराम सम्झौतामा अड्चन उत्पन्न गरेको र निर्दोष नागरिकविरुद्ध बर्बर युद्ध जारी राखेको आरोप लगाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ११ : ०० बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख

आज २०८३ साल वैशाख १७ गते बिहीबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख

सबैभन्दा बढी प्युठानमा १०४.४ मिलिमिटर वर्षा

काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको साथै पूर्वी भूभागनजिक

फरार प्रतिवादी २६ वर्षपछि पक्राउ

कैलाली । कर्तव्य ज्यान मुद्दामा अदालतबाट कैद फैसला भई झण्डै

यी हुन् सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको ६ अध्यादेश

काठमाडौँ । सरकारले मंगलबार र बुधबार गरेर ६ वटा अध्यादेश