म्यान्माको जुन्ताद्वारा नयाँ चुनावी विवरण सार्वजनिक « Khabarhub

म्यान्माको जुन्ताद्वारा नयाँ चुनावी विवरण सार्वजनिक


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

याङ्गुन– म्यान्माको सत्तामा रहेको सेनाले बिहीबार लामो समयदेखि प्रतीक्षित डिसेम्बरको निर्वाचनबारे विवरण सार्वजनिक गरेको छ । सेनाले पहिलो चरणको मतदानमा करिब एक तिहाइ जनसङ्ख्या समेटिने बताएको छ ।

सैन्य नेतृत्वले यसै हप्ता चुनाव चरणबद्ध रूपमा गरिने घोषणा गरेको थियो । पहिलो चरण डिसेम्बर २८ देखि सुरु हुनेछ । सेनाले यसलाई युद्धको थकानबाट उद्धारको उपायका रूपमा प्रस्तुत गरेको छ । म्यान्मामा सन् २०२१ को विद्रोहपछि सेनाले सत्ता कब्जा गरेदेखि देश लगातार द्वन्द्वमा परेको छ ।

तर, अझै पनि देशका धेरै क्षेत्र सेनाको नियन्त्रणबाहिर रहेका छन् । लोकतान्त्रिक नेत्री आङ सान सुकी जेलमा हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घका एक विज्ञले यो निर्वाचनलाई निरन्तर सैनिक शासनलाई लुकाउन गरिएको ‘धोखाधडी’ भनेका छन् ।

सेनाले पूर्ण चुनावी तालिका अझै तय गरेको छैन । तर, राज्य सञ्चालित मिडियामा प्रकाशित सूचनाअनुसार पहिलो चरणको मतदान म्यान्माका तीन ३० टाउनसिपमध्ये एक सय दुईमा हुनेछ ।

यसमा राजधानी नेपिडोका सबै बस्तीहरू, व्यावसायिक राजधानी र सबैभन्दा ठूलो शहर याङ्गुनसहित करिब २५ लाख जनसङ्ख्या भएका क्षेत्रमा मतदान हुने उल्लेख छ ।

तर, ग्लोबल न्यु लाइट अफ म्यानमामा प्रकाशित विवरणले अझै पनि विद्रोहीहरूसँग सङ्घर्ष भइरहेका क्षेत्रमा सेनाले चुनाव गराउने ठूलो महत्त्वाकांक्षा नराखेको भन्ने देखाउँछ ।

जस्तै, पश्चिमी राखाइन राज्यमा स्थानीय जातीय सशस्त्र समूह अराकान सेनाले लगभग सम्पूर्ण नियन्त्रण लिएको छ । त्यहाँका १७ मध्ये केवल तीन टाउनसिपमा मात्र पहिलो चरणमा मतदान हुनेछ ।

त्यस्तै, उत्तरको सागिङ क्षेत्र प्रजातन्त्र समर्थक गुरिल्लाहरूको मुख्य गढ मानिन्छ । त्यहाँ पनि जम्मा एक तिहाइ क्षेत्रमा मात्र मतदान हुनेछ ।

जुन्ताले बाँकी चरणहरूको मिति घोषणा गरेको छैन, न त कुन बस्तीहरूमा मतदान हुनेछ भन्ने स्पष्ट पारेको छ ।

सन् २०२० को अन्तिम आमनिर्वाचनमा सुकीको पार्टीले ठूलो बहुमतले जितेको थियो । त्यसपछि सेनाले अप्रमाणित धाँधलीको आरोप लगाउँदै उहाँको सरकारलाई हटाएर सत्ता कब्जा गरेको थियो ।

हालैका हप्ताहरूमा सेनाले आफ्ना विरोधीहरूविरुद्ध साना–साना सैन्य सफलता पाएको दाबी गरेको छ । यसले चुनावअघि भूमि पुनः नियन्त्रणमा लिन खोजिरहेको छ ।

यस्तै, सेनाले निर्वाचनको आलोचना गर्ने वा प्रदर्शन गर्नेहरूलाई १० वर्षसम्म जेल सजाय दिने कानून पनि ल्याएको छ । रासस

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : १५ बजे

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन

भोटेकोशी बाढी : राहत सामग्रीका विषयमा मन्त्री चौधरीले गरिन् सांसदसँग छलफल

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले भोटेकोशी बाढी प्रभावित

रसुवा बाढी : २ सय २७ शव व्यवस्थापनका लागि लगिँदै

चितवन – रसुवा क्षेत्रमा आएको बाढीमा परी नारायणी नदीमा भेटिएका बेवारिसे