भारत-चीनका राजदूत बोलाएर लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गरौँ : कमल थापा « Khabarhub

भारत-चीनका राजदूत बोलाएर लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गरौँ : कमल थापा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारसँग भारत र चीनका राजदूतहरूलाई बोलाएर नेपाली भूमि लिपुलेक उपयोग गरेर व्यापार नाका खोल्ने सम्झौताको प्रतिवाद गर्न आग्रह गरेका छन् । 

उनले बिहीबार एक्समार्फत् प्रधनमन्त्री केपी शर्मा ओलीको आशन्न चीन र भारत भ्रमणको अवसर पारेर लिपुलेकबारे सशक्त ढंगले नेपालको दृष्टिकोण राख्दै ठोस निष्कर्षमा पुग्न पनि आग्रह गरेका छन् । 

‘तत्कालै भारत र चीनका राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमा बोलाएर उक्त सम्झौताको प्रतिवाद गर्न र विरोध जनाउन अनुरोध गर्दछु,’ अध्यक्ष थापाले भनेका छन्, ‘यसैगरी निकट भविष्यमा नै हुन गइरहेको प्रधानमन्त्री केपी शर्मा ओलीको चीन र भारत भ्रमणका अवसरमा उच्च तहमा यसबारे सशक्त ढंगले नेपालको दृष्टिकोण र आपत्ति जानकारी गराउन तथा ठोस निष्कर्षमा पुग्न समेत आग्रह गर्दछु ।’

नेपालको सहमति बिना भारत र चीनले त्रिदेशीय बिन्दुको रुपमा रहेको लिपुलेकबाट आवागमन र व्यापार गर्ने पटकपटक समझदारी र सम्झौता गरेर नेपालको वैधानिक र अन्तर्राष्ट्रिय कानूनले समेत निर्दिष्ट गरेको विषयलाई उपेक्षा गर्नु आपत्तिजनक भएको उनको भनाइ छ । 

‘यो नेपालको सार्वभौमिकता माथिको आक्रमण हो । यसैबीच हालै नयाँ दिल्लीमा भारत र चीनका बीचमा थप अर्को समझदारी भएको छ । नेपाल सरकारले तत्कालै यो सम्झौताको विरोधमा वक्तव्य निकालेको छ, त्यसको म सराहना गर्दछु,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका थापाले भनेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : २५ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी