गाजा कब्जा गर्न थालेपछि बेलायतका सयौँ व्यवसायीले भने- इजरायलविरुद्ध कठोर कदम चालौँ « Khabarhub

गाजा कब्जा गर्न थालेपछि बेलायतका सयौँ व्यवसायीले भने- इजरायलविरुद्ध कठोर कदम चालौँ


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

लण्डन- बेलायतका ७६२ व्यवसायी नेताहरूले इजरायलविरुद्ध कठोर कदम चाल्न माग गरेका छन् ।

बेलायती राजाका पूर्व सल्लाहकार, होलोकोस्ट पीडितका सन्तान तथा प्रख्यात व्यवसायीहरूले गाजाको संकट चर्किँदै गएपछि सरकारलाई इजरायलविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन्।

तिनीहरूले संयुक्त वक्तव्य जारी गर्दै माग गरेका छन्, ‘बेलायतले इजरायलसँगको सम्पूर्ण हतियार व्यापार रोक्नुपर्छ । अन्तर्राष्ट्रिय कानुन उल्लङ्घनमा संलग्न व्यक्तिहरूलाई प्रतिबन्ध लगाउनुपर्छ ।’

उनीहरूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई पनि कारबाही माग गरेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतले पक्राउ गर्न खोजिरहेका व्यक्ति नेतन्याहूलाई पनि कारबाही गर्नुपर्ने उनीहरूको आवाज छ।

उनीहरूले बेलायती लगानी तथा वित्तीय प्रणालीमार्फत् संलग्न इजरालयी कम्पनीहरूलाई सहयोग नगर्ने व्यवस्था मिलाउन पनि सरकारलाई भनेका छन् । संयुक्त राष्ट्रसंघका मानवअधिकारसम्बन्धी सिद्धान्तहरू बेलायतको आर्थिक प्रणालीमा लागू गर्नुपर्नेमा पनि उनीहरूको जोड छ ।

‘यो केवल नैतिक जिम्मेवारी मात्र नभई दीर्घकालीन सामाजिक र आर्थिक स्थायित्वका लागि व्यवसायीहरूको पेशागत दायित्व पनि हो’, उनीहरूले भनेका छन्, ‘बेलायतले कुनै पनि व्यवसाय उत्पादन, सेवा वा आपूर्ति शृङ्खलामार्फत प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यस्ता अमानवीय कार्यमा योगदान गर्न नपाओस् भन्ने सुनिश्चित गर्नुपर्छ।’

उक्त वक्तव्यमा युनिलिभरका पूर्वप्रमुख पल पोलम्यान, हाउस अफ ह्याक्नीकी संस्थापक फ्रिडा गोम्ली र अन्य प्रख्यात व्यवसायीहरूले हस्ताक्षर गरेका छन् ।

उनीहरूले सरकारलाई इजरायलसँगको आपूर्ति शृङ्खला, वित्तीय प्रवाह र लगानी नीतिहरू पुनःपरीक्षण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : ०७ बजे

सांसद अधिकारीको सुझाव : सरकारले नागरिकमा गर्व र अपनत्व जगाउन काम गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले नागरिकले

सरकारलाई ओरेकले भन्यो- दुर्गम क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गरौँ

काठमाडौं– महिला पुर्नस्थापना केन्द्र (ओरेक) ले नेपालमा महिलाहरूको सुरक्षित मातृत्व

मन्त्रीहरूलाई सरकारले पढायो परराष्ट्र मामिला र कूटनीति

काठमाडौं- सरकारले संघीय मन्त्रिपरिषद्का सदस्यहरूलाई परराष्ट्र मामिला र कूटनीति पढाएको

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका

सरकारले बढायो सार्वजनिक यातायात र ढुवानीका साधनको भाडा

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको एकल सरकारले सार्वजनिक यातायात तथा ढुवानीका