शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन « Khabarhub

शुक्लाफाँटामा ‘एक वडा, एक उद्यम’ कार्यक्रम सञ्चालन


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले युवालाई स्थानीय स्तरमै स्वरोजगारतर्फ आकर्षित गर्न ‘एक वडा, एक उद्यम’ कार्यक्रम सुरु गरेको छ । युवा विदेश पलायन हुनबाट रोक्नु र नगरभित्रै रोजगारी सिर्जना गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमका लागि चालु आर्थिक वर्षमा ६० लाख बजेट विनियोजन गरिएको छ । नगरपालिकाका प्रत्येक वडामा स्थानीय स्रोत र सम्भावनालाई ध्यानमा राख्दै घरेलु तथा लघु उद्योग स्थापना गरिने योजना रहेको छ । 

उद्यम विकास शाखाका प्रमुख धनबहादुर चौधरीका अनुसार यस कार्यक्रमअन्तर्गत युवालाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाइनेछ र व्यावसायिक क्षेत्रमा संलग्न गराइनेछ । आवश्यक पूँजीको व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थासँग समन्वय कार्य गरिने उनले बताए।

‘प्रत्येक वडालाई स्थानीय सम्भावना र स्रोतअनुसार घरेलु तथा साना उद्योग स्थापना र सञ्चालनका लागि प्रस्ताव पठाउन पत्राचार गर्ने कार्य भइरहेको छ’, उनले भने, ‘वडाबाट उद्योग छनोट भएपछि त्यही आधारमा कार्यक्रम अघि बढाइने बढाउँछौ ।’
 
यसरी स्थापना हुने उद्योगमा मागको आधारमा अनुदान र प्रविधि सहयोग उपलब्ध गराइने योजना रहेको उनले उल्लेख गरे। चौधरीले भने, ‘यस कार्यबाट युवाले नगरभित्रै रोजगारी पाउनेछन् र व्यावसायिक सीप विकास गर्ने अवसर प्रदान हुन्छ, यसले विदेश पलायन कम गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।’

नगरपालिकाका अनुसार १२ वटै वडामा सम्भावना भए बमोजिम उद्योग स्थापना गरी युवालाई दीर्घकालीन रोजगारी प्रदान गर्ने लक्ष्य राखिएको छ । कृषि, हस्तकला, पशुपालन, बेतबाँस, लघु उत्पादन र स्थानीय स्रोतमा आधारित उद्योगलाई प्राथमिकतामा राखिएको छ ।

स्थानीय युवा चेतराम चौधरीले कार्यक्रम सञ्चालनले गाउँमै रोजगारी र विकासका अवसर ल्याउने विश्वास व्यक्त गरे ।

‘यस कार्यक्रमको माध्यमबाट स्थानीय स्तरमै आर्थिक सशक्तिकरण र उद्यमशीलता प्रवर्द्धनमा टेवा पुग्छ’, उनले भने, ‘कार्यक्रमलाई उद्देश्यअनुरूप सञ्चालन गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक छ ।’
 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : १९ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको