ट्रम्प- पुटिन-जेलेन्स्की वार्ता हङ्गेरीको बुडापेस्टमा हुने चर्चा « Khabarhub

ट्रम्प- पुटिन-जेलेन्स्की वार्ता हङ्गेरीको बुडापेस्टमा हुने चर्चा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- रुस र युक्रेनबीच नयाँ शान्ति वार्ताको पहल सुरु भएको छ । ह्वाइट हाउसमा भएको बहुपक्षीय बैठकपछि यसका लागि स्थान र मिति के हुने भन्ने टुंगो लगाउने प्रयास भइरहेको छ ।

अमेरिकी अखबार पोलिटिकोका अनुसार अमेरिकाले हङ्गेरीको राजधानी बुडापेस्टमा वार्ता गराउन चाहेको छ । यो राष्ट्र शीत युद्धका बेला सोभियत सङ्घको प्रभाव क्षेत्रमा रहेको थियो ।

युरोपेली देशहरूले कम्तीमा युक्रेनको हितलाई समर्थन गर्ने देशमा अमेरिका, रुस र युक्रेनका नेताहरुको वार्ता होस् भन्ने चाहन्छन् ।

यस्तो अवस्थामा शान्ति वार्ताको स्थलका रुपमा बुडापेस्ट छनोट भएमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तनाव फेरि बढ्ने विश्लेषण गरिएको छ । यसअघि अलास्कामा भएको शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा जारी युद्धबारे छलफल भएको थियो ।

जेलेन्स्कीसँग रुसमा वार्ता होस् भन्ने रुसी राष्ट्रपति पुटिनको चाहना छ । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले भने स्विट्जरल्याण्डको जेनेभामा वार्ता गर्न सुझाव दिएका छन् । स्विट्जरल्याण्ड र अस्ट्रिया दुवैले आफ्नो तर्फबाट वार्ता गर्न प्रस्ताव गरेका छन् ।

युक्रेनसँग बुडापेस्टबारे निकै तीतो अनुभव छ । यही शहरमा सन् १९९४ मा युक्रेनले युक्रेनले सोभियत संघको विघटन पछि प्राप्त गरेको आणविक हतियार त्यागेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : ३६ बजे

इनिसाको न्यायका लागि बोले कलाकार

काठमाडौं – सुर्खेतमा सामूहिक बलात्कारपछि हत्या भएकी इनिसा विकको न्यायका

साउथ भाइव दिने ‘राम नाम सत्य’को टिजर, पश्चिमेली अवतारमा विराज

काठमाडौं – नायक विराज भट्ट स्टारर फिल्म ‘राम नाम सत्य’को

होर्मुज जलक्षेत्रमा जर्मन जहाजलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार

काठमाडौं- होर्मुज जलडमरूमध्य नजिकै एउटा जर्मन मालवाहक जहाजलाई लक्षित गरी

हेज्बोल्लाहको आक्रमण नरोकिए लेबनानी भूभाग कब्जा गर्ने इजरायलको धम्की

काठमाडौं- इजरायली रक्षामन्त्री इजरायल कट्जले आफ्नो मुलुकमा हेज्बोल्लाहको आक्रमण नरोकिए

मध्यपूर्व युद्धको प्रभाव : भारतीय रेस्टुरेन्टमा ग्यास संकट

बेङ्गलुरु– मध्यपूर्वमा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ । इरानसँगको