ट्रम्प- पुटिन-जेलेन्स्की वार्ता हङ्गेरीको बुडापेस्टमा हुने चर्चा « Khabarhub

ट्रम्प- पुटिन-जेलेन्स्की वार्ता हङ्गेरीको बुडापेस्टमा हुने चर्चा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- रुस र युक्रेनबीच नयाँ शान्ति वार्ताको पहल सुरु भएको छ । ह्वाइट हाउसमा भएको बहुपक्षीय बैठकपछि यसका लागि स्थान र मिति के हुने भन्ने टुंगो लगाउने प्रयास भइरहेको छ ।

अमेरिकी अखबार पोलिटिकोका अनुसार अमेरिकाले हङ्गेरीको राजधानी बुडापेस्टमा वार्ता गराउन चाहेको छ । यो राष्ट्र शीत युद्धका बेला सोभियत सङ्घको प्रभाव क्षेत्रमा रहेको थियो ।

युरोपेली देशहरूले कम्तीमा युक्रेनको हितलाई समर्थन गर्ने देशमा अमेरिका, रुस र युक्रेनका नेताहरुको वार्ता होस् भन्ने चाहन्छन् ।

यस्तो अवस्थामा शान्ति वार्ताको स्थलका रुपमा बुडापेस्ट छनोट भएमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको तनाव फेरि बढ्ने विश्लेषण गरिएको छ । यसअघि अलास्कामा भएको शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेनमा जारी युद्धबारे छलफल भएको थियो ।

जेलेन्स्कीसँग रुसमा वार्ता होस् भन्ने रुसी राष्ट्रपति पुटिनको चाहना छ । फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले भने स्विट्जरल्याण्डको जेनेभामा वार्ता गर्न सुझाव दिएका छन् । स्विट्जरल्याण्ड र अस्ट्रिया दुवैले आफ्नो तर्फबाट वार्ता गर्न प्रस्ताव गरेका छन् ।

युक्रेनसँग बुडापेस्टबारे निकै तीतो अनुभव छ । यही शहरमा सन् १९९४ मा युक्रेनले युक्रेनले सोभियत संघको विघटन पछि प्राप्त गरेको आणविक हतियार त्यागेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : ३६ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।