जनताका पक्षमा काम गर्न सरकार क्रियाशील : मन्त्री पौडेल « Khabarhub

जनताका पक्षमा काम गर्न सरकार क्रियाशील : मन्त्री पौडेल


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले वर्तमान सरकार जनताका पक्षमा काम गर्न क्रियाशील रहेको बताएका छन् ।

नेपाल प्रेस युनियनद्वारा बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले परिवर्तनको अनुभूति दिन नसेकमा जनतामा सरकारप्रति नकारात्मक सन्देश जाने भएकाले सचेत भएर काम गरिरहेको बताए। 

वर्तमान संविधान निर्माण भएपछि राजनीतिक संयन्त्र मात्र कार्यान्वयन भइरहेको र जनताका आधारभूत आवश्यकताका क्षेत्र स्वास्थ्य, शिक्षाजस्ता विषयमा सोचेअनुसार काम नहुँदा संविधानप्रति टिकाटिप्पणी हुन थालेको उनको भनाइ छ ।

मन्त्री पौडेलले कैलालीको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा अस्पताल सञ्चालन गरेर एमबिबिएस पढाइ सुरु गर्न सरकार प्रतिवद्ध रहेको बताए। 

उनले भने, ‘गेटा मेडिकल कलेजलाई ३०० शय्या बनाइन्छ, यसका लागि २५० जनशक्तिको दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइ सकिएको छ ।’
 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : २७ बजे

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई