आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८२ साल माघ २ गते शुक्रबारको राशिफल


२ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल माघ २ गते शुक्रबार तदनुसार सन् २०२६ जनवरी १६ तारिख । माघ कृष्ण पक्षको त्रयोदशी तिथि । राष्ट्रिय भूकम्प सुरक्षा दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : दिन राम्रो छ । आफन्तले तपाईंको सहयोग गर्नेछन् । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट सन्तुष्टि प्राप्त हुनेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ । समाजसेवाको नाममा ठगले सताउने भएकाले सचेत बन्नुपर्नेछ ।

वृष : बोल्न नजान्दा अप्ठेरो परिस्थिति सिर्जना हुने अवस्था छ । बोल्नु अगाडि सोच्नुपर्ने समय छ । स्वास्थ्यमा सुधार हुनेछ । विपक्षी समूहसँग एकताको प्रस्ताव अगाडि बढ्नेछ । परिवारमा खटपटी बढ्नेछ ।

मिथुन : दिन राम्रो छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ । पठनपाठनमा जोश र जाँगर बढ्नेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । विदेशमा लगानी गरेको भए फाइदा हुनेछ । परिवारसँगको सम्बन्ध सहज बन्नेछ ।

कर्कट : स्वास्थ्यमा राम्रो छ । आज मिष्ठान्न भोजनको योग परेको छ । पठनपाठनमा मन जानेछ । परिवारसँगको घुमघामले मनमा खुशी मिल्नेछ ।

सिंह : दिन सहज छ । शिक्षाको क्षेत्रमा गरेको लगानीले सार्थकता पाउनेछ । आफ्नो काममा मेहनत गर्नुपर्नेछ । परिवारसँगको घुमघामको अवसरले मन शान्त बन्नेछ । धार्मिक क्षेत्रको घुमघामका लागि अवसर मिल्नेछ ।

कन्या : आम्दानीका दृष्टिले दिन राम्रो छ । उपचारको क्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा भने अवरोध हुनेछ । नतिजाका लागि मेहनत आवश्यक हुन्छ । प्रेम सम्बन्ध  सुमधुर बन्नेछ ।

तुला : बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । कृषि क्षेत्रमा गरेको व्यापारबाट फाइदा हुनेछ । फलफूलको व्यापारमा फाइदा हुनेछ । गोपनीयता भंग नगर्नु राम्रो हुनेछ । परिवारले राम्रो साथ दिने दिन छ ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । गोपनीयता कायम राख्नु लाभदायी हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । बिहान उठेर गणेशको भजन सुन्न सकेमा दैनिक काम सहजै बन्नेछन् ।

धनु : शुभ ग्रहको बहुमत रहेको छ । दैनिकी नियमित गर्नुपर्नेछ । राजनीतिक उतारचढावले मन अशान्त बन्नसक्छ । संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मकर : ठुलो योजना नबनाउनु राम्रो हुनेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुन्छ । दुई पाङ्गे सवारी साधनको यात्रा घातक हुनेछ । राज्यको तर्फबाट त्रास बढ्दा संयमताको खाँचो हुनसक्छ । प्रेम सम्बन्ध सुमधुर बन्दा मन शान्त बन्नेछ ।

कुम्भ : आज शुभ दिन रहेको छ । सोचेका कामहरु बन्दै जानेछन् । धार्मिक कार्यमा सहभागी हुँदा मन शान्त बन्नेछ । राज्यको तर्फबाट भने त्रास बढ्नेछ ।

मीन : साढेसाती शनिदशा चलिरहेको भएपनि शुभग्रहको बहुमत छ । अल्छीपनबाट जोगिएर काम गर्नुपर्ने आवश्यकता छ । शिक्षामा दिएको समय सफल बन्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढेमा दिन सहज बन्नेछ ।  

प्रकाशित मिति : २ माघ २०८२, शुक्रबार  ५ : १५ बजे

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि

कस्तो छ रास्वपाको परराष्ट्र नीति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘विकास कूटनीति र वैश्विक

संविधान संशोधनबारे के छ रास्वपाको धारणा ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधान संशोधनमा फरक

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध

रास्वपामा नेतृत्व छान्न भोलि बिहान ९ बजे मतदान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन चितवनमा जारी छ ।