रास्वपाको हस्ताक्षर अभियान : पश्चिमदेखि पूर्वी नेपालको ‘देश यात्रा’ मा « Khabarhub

रास्वपाको हस्ताक्षर अभियान : पश्चिमदेखि पूर्वी नेपालको ‘देश यात्रा’ मा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको पक्षमा सुरू गरिएको हस्ताक्षर संकलन अभियान पश्चिमदेखि पूर्वी नेपालको ‘देश यात्रा’मा निस्किएको छ ।

रास्वपाले सुदूरपश्चिमको कञ्चनपुरबाट ‘देश यात्रा’  सुरू गरेको हो । बुधबारदेखि सुरू भएको ‘देश यात्रा’को नेतृत्व रास्वपाका सचिवालय सदस्य दीपक बोहराले गरेको प्रवक्ता मनीष झाले जानकारी दिए । 

उनले बिहीबार सञ्चारमाध्यमहरूलाई उपलब्ध गराएको जानकारीअनुसार सभापति लामिछानेको पक्षमा देशभरबाट अहिलेसम्म ३४ लाख हस्ताक्षर संकलन भएको छ । यसबीचमा अभियानको लागि सहयोग रकम ६५ लाख संकलन भएको प्रवक्ता झाले जानकारी दिए । 

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने अहिले पुर्पक्षका लागि नख्खु कारागारमा बन्दी जीवन बिताइरहेका छन् । उनलाई साउन ३१ गते भैरहवा कारागारबाट नख्खु कारागार अड्डासार गरिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १२ : ५३ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको