ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली | Khabarhub Khabarhub

ठूला दल भ्रष्टाचारको ‘भ’ सुन्दा डराउँछन्, तस्करीको ‘त’ सुन्दा काँप्छन् : शिव नेपाली


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले भ्रष्टाचार, तस्करीलगायतका काण्डको कुरा निकाल्दा ठूला दलहरूले नयाँ दलकाप्रति औँला तेर्स्याउने गरेको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको सुरुवातमै सभामुख देवराज घिमिरेले उपलब्ध गराएको समयमा बोल्दै उनले ठूला दलहरू भ्रष्टाचारको ‘भ’ सुन्न डराउने गरेको पनि बताए ।  

‘मानवतस्करी जस्तो गम्भीर विषय उठ्दा ठूला दल किन आत्तिन्छन् ? भ्रष्टाचारको भ सुन्न डराउँछन् । तस्करीको त सुन्दा काँप्छन्,’ सांसद नेपालीले भने, ‘काण्ड भन्दा औँला हामी नयाँ तिर तेर्स्याउँछन् ।’

उनले संसारका हरेक राष्ट्रमा भ्रष्टाचार र अत्याचार सीमा चरम सीमामा पुगेपछि परिवर्तनको बाहकलाई राष्ट्रले जन्माउने गरेको स्मरण गराए । नेपालीले रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले अन्याय गरेको पनि आरोप लगाए ।  

‘नयाँ वैकल्पिक शक्तिलाई सिद्ध्याउने खेलमा रवि लामिछानेमाथि अन्याय गर्‍यो । अब आदिवासी जनजाति समुदायकी छोरी उपसभामुख माननीय इन्दिरा रानामगर माथि अंक गणितीय खेल खेल्दै छ,’ उनले भने, ‘यो भन्दा ठूलो लोकतन्त्रको अपमान के हुन सक्छ ?’

सांसद नेपालीले आफ्नो पार्टीको आन्दोलन जारी रहेको जानकारी गराउँदै संसद् बहिष्कारको घोषणा गरे । उनीपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ध्रुवबहादुर प्रधानलाई सभामुख घिमिरेले बोल्ने समय दिएका थिए । 

उनले पनि आन्दोलन जारी रहेको भन्दै संसद् बहिष्कारको घोषणा गरे । रास्वपा र राप्रपा गत जेठ १३ गतेदेखि गृहमन्त्री रमेश लेखक मुछिएको भिजिट भिसा प्रकरण छानबिनका लागि संसदीय वा न्यायिक समिति गठनको माग गर्दै सदन बहिष्कार गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १ : २५ बजे

विद्याका अघि ईश्वर पोखेरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा सघाइरहेका नेकपा (एमाले)

पूर्वराष्ट्रपति भण्डारीले भनिन् : संसद् निरीह भयो, दलहरूमा समस्या छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संसद् र दलहरूको कार्यशैलीप्रति कडा

गाजा क्षेत्रमा स्थल आक्रमण शुरु हुँदै, ६० हजार जगेडा सैनिक परिचालन हुने

काठमाडौं– गाजा क्षेत्रमा स्थल आक्रमण गर्न इजरायली फौजले दशौँ हजार

मधेश प्रदेशमा विद्युत् र सिँचाई सुधारका लागि मन्त्री खड्काको निर्देशन

जनकपुर– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले आज जनकपुरमा

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि