शहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाको मन्त्रालयबाटै अनुगमन गरिने « Khabarhub

शहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाको मन्त्रालयबाटै अनुगमन गरिने


५ भदौ २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको मन्त्रालयबाटै अनुगमन गर्न अनलाइन अनुगमन कक्षको शुभारम्भ गरिएको छ ।

बिहीबार मन्त्रालयमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनलाइन अनुगमन कक्षको शुभारम्भ गरेका हुन् ।

अनुगमन कक्षबाट प्राथमिकतामा रहेका आयोजनामा भइरहेको गतिविधि प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ । अनुगमन कक्षको शुभारम्भ गर्दै सिंहले प्रविधिको सदुपयोग गरेर आयोजनाको कार्यलाई तीव्रता दिनका लागि अनलाइन अनुगमन गर्न खोजिएको बताए । यसका साथै फिल्डमा नै गएर समेत अनुगमन गरिने उनको भनाइ छ ।

सिंहले आयोजना निर्माणका क्रममा देखिन सक्ने समस्यालाई समेत समाधान गर्न सहज हुने बताए  ।  

निरन्तरको अनुगमनपछि आयोजनाहरू समयमा नै सम्पन्न हुन मद्दत पुग्ने उनको विश्वास छ । उनले अनुगमन कक्षको अधिकतम सदुपयोग गर्न निर्देशन समेत दिए  । 

प्रकाशित मिति : ५ भदौ २०८२, बिहिबार  १ : ४० बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली