शहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाको मन्त्रालयबाटै अनुगमन गरिने « Khabarhub

शहरी विकास मन्त्रालयअन्तर्गतका आयोजनाको मन्त्रालयबाटै अनुगमन गरिने


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहरी विकास मन्त्रालयअन्तर्गतका प्राथमिकता प्राप्त आयोजनाहरूको मन्त्रालयबाटै अनुगमन गर्न अनलाइन अनुगमन कक्षको शुभारम्भ गरिएको छ ।

बिहीबार मन्त्रालयमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनलाइन अनुगमन कक्षको शुभारम्भ गरेका हुन् ।

अनुगमन कक्षबाट प्राथमिकतामा रहेका आयोजनामा भइरहेको गतिविधि प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ । अनुगमन कक्षको शुभारम्भ गर्दै सिंहले प्रविधिको सदुपयोग गरेर आयोजनाको कार्यलाई तीव्रता दिनका लागि अनलाइन अनुगमन गर्न खोजिएको बताए । यसका साथै फिल्डमा नै गएर समेत अनुगमन गरिने उनको भनाइ छ ।

सिंहले आयोजना निर्माणका क्रममा देखिन सक्ने समस्यालाई समेत समाधान गर्न सहज हुने बताए  ।  

निरन्तरको अनुगमनपछि आयोजनाहरू समयमा नै सम्पन्न हुन मद्दत पुग्ने उनको विश्वास छ । उनले अनुगमन कक्षको अधिकतम सदुपयोग गर्न निर्देशन समेत दिए  । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १ : ४० बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको