संसद्‌मा उठ्यो लिपुलेक प्रकरण : चीन र भारतसँग वार्ता गर्न सरकारलाई सुझाव  | Khabarhub Khabarhub

संसद्‌मा उठ्यो लिपुलेक प्रकरण : चीन र भारतसँग वार्ता गर्न सरकारलाई सुझाव 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारूढ नेकपा (एमाले)ले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर सीमा व्यापारका लागि भएको सम्झौताबारे उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले चीन र भारतका विदेशमन्त्रीहरूबीच भएको सम्झौताबारे उच्चस्तरीय कूटनीतिक संवादका माध्यमबाट निकास निकाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् । 

दुई देशबीच भएको पछिल्लो सम्झौताका प्रति आपत्ति जनाउँदै उनले भने, ‘ उच्चस्तरीय कूटनीतिक संवादको माध्यमबाट यो विषयहरूलाई छिटोभन्दा छिटो हल होस्, निकास निस्कियोस् । यसको लागि म सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले एमाले संसदीय दलको तर्फबाट चीन र भारतबीच भएको सम्झौताप्रति असहमतिसमेत जाहेर गर्न चाहेको बताए ।  

‘सीमा व्यापार गर्ने जे सम्झौता उहाँहरूको भयो, यसको हामी विरोध गर्न चाहन्छौँ । नेकपा एमाले संसदीय दलको तर्फबाट उहाँहरूबीच भएको सहमतिको विरोध गर्न चाहन्छौँ । हामी यसमा असहमति जाहेर गर्न चाहन्छौँ,’ मुख्य सचिव बर्तौलाले भने ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १ : ४० बजे

उपसभामुख रानाको विषय आचरणसँग जोडिएकाले संवैधानिक परिषद्को अङ्कगणितसँग नजोडौँ : योगेश भट्टराई

काठमाडौं– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको

पर्यटन बोर्डले अनुसन्धानलाई प्राथमिकतामा राखेको छ : सीईओ जोशी

काठमाडौं– नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी  पर्यटन

नेपालमा अध्ययनरत तीन इन्डोनेशियाली विद्यार्थी अध्यागमनको निगरानीमा

काठमाडौं– शिक्षा लिने उद्देश्य देखाएर नेपाल आएका तीन जना इन्डोनेशियाली

तेक्वान्डो खेलाडी विष्णु खत्री र रमिला लामालाई बेथानचोकको सम्मान 

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कृति गरेको

‘असल न्यायाधीश’ को निधन

वाशिङ्टन– अदालतमा आफ्नो सहानुभूति र विनम्र व्यवहारका कारण इन्टरनेटमा चर्चित