पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय « Khabarhub

पूर्वराष्ट्रपति भण्डारीले खोलिन् सम्पर्क कार्यालय


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना हुने भएको छ ।

नयाँ बानेश्वरस्थित थापागाउँमा भण्डारीले ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सम्पर्क कार्यालय खोलेकी हुन् ।

कार्यालय उद्घाटनका क्रममा बिहीबार दिउसो पत्रकार सम्मेलन आयोजना गरिएको छ । नेकपा एमालेले सदस्यता नविकण नहुने बताएपनि पूर्वराष्ट्रपति भण्डारीले पार्टीमा समानान्तर गतिविधि अगाडि बढाइरहेकी छिन् । 

भण्डारीलाई साथ दिन एमाले उपाध्यक्ष ईश्वर पोखरेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेसमेत थापागाउँ पुगेका छन् । त्यसैगरी अर्का नेता कर्ण थापा पनि कार्यालय उद्‌घाटन कार्यक्रममा देखिएका छन् । 

 त्यसैगरी एमाले नेता विनोद ढकाल, अमेरिकाका लागि पूर्वनेपाली राजदूत अर्जुन कार्की र हेटौँडाका पूर्वमेयर डोरमणि पौडेलसमेत भण्डारीको पक्षमा खुलेका छन् ।   

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ४१ बजे

कालीगण्डकीको बाढीले जलजलामा पाँच घर बगायो

पर्वत ‍- कालीगण्डकी नदीमा आएको भीषण बाढीका कारण पर्वतको जलजला

पाल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

पाल्पा – लगातारको वर्षाका कारण पाल्पाको माथागढी गाउँपालिका–३ भसकट्टामा पहिरो

देशभरका ५० जिल्लाका नदीमा बाढीको जोखिम, १७ जिल्लामा ‘अति उच्च’ सतर्कता

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर