गगन थापाको गुनासो- सरकार सफल हुनुपर्छ भन्नेमा छु तर संयन्त्रको बैठकमा कुरा सुन्दैनन्  | Khabarhub Khabarhub

गगन थापाको गुनासो- सरकार सफल हुनुपर्छ भन्नेमा छु तर संयन्त्रको बैठकमा कुरा सुन्दैनन् 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी र नेकपा एमालेबीच सहमति भएर सरकार सञ्चालनका लागि बनाइएको राजनीतिक संयन्त्रप्रति नै असन्तुष्ट व्यक्त गरेका छन् । 

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले यो गठबन्धन सरकार सफल हुनुपर्छ भन्नेमा आफू भएको तर संयन्त्रको बैठकमा आफ्ना कुरा नसुनिएको गुनासो गरेका हुन्।  

थापा दुई दलीय राजनीतिक संयन्त्रको सदस्य हुन्। तर पछिल्लो समय उनी संयन्त्रको बैठकमा जाँदैनन्।  

‘फागुन महिनासम्म सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा बसेर काम पनि गरेँ । सरकार बनेपछि सफल बनाउनुपर्छ भन्ने नै हो । अहिले त्यो जिम्मेवारीमा सक्रिय नरहे पनि सांसद छु, कांग्रेसको जिम्मेवार पदाधिकारी पनि छु । त्यसैले यो सरकार सफल हुनुपर्छ भन्नेमा मेरा काम र भूमिका हुनुपर्छ भन्नेमा सचेत छु,’ उनले भने, ‘मैले भनेको कुरा बन्द कोठामा भन्दा नसुनेपछि कतिपय कुरा बाहिर ल्याउन आवश्यक ठान्छु । बाहिर भनियो भने बन्द कोठामा भएको छलफललाई दबाब दिन्छ भन्ने ठान्छु । त्यसैले सरकारलाई सफल बनाउनको लागि कांग्रेस नचुकिकन लाग्छ।’

उनले एमालेसँग सभापति शेरबहादुर देउवाले गरेको सात बुँदे सहमतिबारे आफूले पत्रपत्रिका पढेर थाहा पाएको दाबी गरेका छन् । उनले पार्टीले गरेको निर्णय भन्दै फरक मत हुँदा हुँदै पनि सरकारलाई सफल बनाउन भनेर काम गरिरहेको बताए । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ५० बजे

‘विद्यालय शिक्षा विधेयक’ समितिबाट पारित : माओवादी, रास्वपा र राप्रपाले राखे फरक मत 

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय

अवरुद्ध अरनिको राजमार्ग सञ्चालनमा

काठमाडौं– पहिरोका कारण अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा

कोशी प्रदेशसभा : विषयगत समितिको वार्षिक प्रतिवेदन पेस

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा दुई वटा विषयगत समितिको वार्षिक

दोलखा र ओखलढुंगामा दुई जना मृत फेला

काठमाडौं– दोलखाको विगु गाउँपालिका-५ चिलंखा बस्ने २१ वर्षीय राजु तामाङ सोही गाउँपालिका-२

माधव नेपाललाई पूर्वराष्ट्रपतिको सहानुभूति : आरोप लाग्दैमा जनप्रतिनिधिलाई निलम्बन गर्नु राम्रो होइन

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भ्रष्टाचारको मुद्दा खेपिरहेका नेकपा एकीकृत समाजवादी