गगन थापाको गुनासो- सरकार सफल हुनुपर्छ भन्नेमा छु तर संयन्त्रको बैठकमा कुरा सुन्दैनन्  « Khabarhub

गगन थापाको गुनासो- सरकार सफल हुनुपर्छ भन्नेमा छु तर संयन्त्रको बैठकमा कुरा सुन्दैनन् 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफ्नो पार्टी र नेकपा एमालेबीच सहमति भएर सरकार सञ्चालनका लागि बनाइएको राजनीतिक संयन्त्रप्रति नै असन्तुष्ट व्यक्त गरेका छन् । 

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सांसद थापाले यो गठबन्धन सरकार सफल हुनुपर्छ भन्नेमा आफू भएको तर संयन्त्रको बैठकमा आफ्ना कुरा नसुनिएको गुनासो गरेका हुन्।  

थापा दुई दलीय राजनीतिक संयन्त्रको सदस्य हुन्। तर पछिल्लो समय उनी संयन्त्रको बैठकमा जाँदैनन्।  

‘फागुन महिनासम्म सरकार सञ्चालन गर्न बनेको संयन्त्रमा बसेर काम पनि गरेँ । सरकार बनेपछि सफल बनाउनुपर्छ भन्ने नै हो । अहिले त्यो जिम्मेवारीमा सक्रिय नरहे पनि सांसद छु, कांग्रेसको जिम्मेवार पदाधिकारी पनि छु । त्यसैले यो सरकार सफल हुनुपर्छ भन्नेमा मेरा काम र भूमिका हुनुपर्छ भन्नेमा सचेत छु,’ उनले भने, ‘मैले भनेको कुरा बन्द कोठामा भन्दा नसुनेपछि कतिपय कुरा बाहिर ल्याउन आवश्यक ठान्छु । बाहिर भनियो भने बन्द कोठामा भएको छलफललाई दबाब दिन्छ भन्ने ठान्छु । त्यसैले सरकारलाई सफल बनाउनको लागि कांग्रेस नचुकिकन लाग्छ।’

उनले एमालेसँग सभापति शेरबहादुर देउवाले गरेको सात बुँदे सहमतिबारे आफूले पत्रपत्रिका पढेर थाहा पाएको दाबी गरेका छन् । उनले पार्टीले गरेको निर्णय भन्दै फरक मत हुँदा हुँदै पनि सरकारलाई सफल बनाउन भनेर काम गरिरहेको बताए । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ५० बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी