दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु « Khabarhub

दार्चुला जीप दुर्घटना अपडेट : एक जनाको मृत्यु


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुलाको नौगाड गाउँपालिकामा भएको जीप दुर्घटनामा गम्भीर घाइते हुनुभएको एक जनाको मृत्यु भएको छ । 

आज बिहान नौगाड गाउँपालिका–४ होपरीमा जीप दुर्घटना हुँदा गम्भीर घाइते भएकी नौगाड गाउँपालिका–४ की २५ वर्षीया गर्भवती महिला पार्वती टमटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । 

सामान्य घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छभने अन्य गम्भीर घाइते तीन जनालाई धनगढी रेफर गर्ने तयारी भइरहेको गोकुलेश्वर अस्पतालले जनाएको छ । 

सो दुर्घटनामा घाइते भएका जिप चालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  २ : ५४ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी