काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय काठमाडौंको थापागाउँमा स्थापना हुने भएको छ ।
नयाँ बानेश्वरस्थित थापागाउँमा भण्डारीले ‘मदन भण्डारी ७५औँ जन्मजयन्ती मूल व्यवस्थापन समिति’ को कार्यालयका नामबाट सम्पर्क कार्यालय खोलेकी हुन् ।
भण्डारीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा सहभागी हुन नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष युवराज ज्ञवाली पुगेका छन् ।
कार्यक्रममा ढिलो गरी एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे पनि आइपुगेका छन् एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र नेता विनोद पनि पुगेका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी














प्रतिक्रिया