पुनःस्थापनाकर्ताहरु नयाँ दिल्लीको इतिहास जोड्दै « Khabarhub

पुनःस्थापनाकर्ताहरु नयाँ दिल्लीको इतिहास जोड्दै


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- भारतको राजधानीस्थित जलवायु–नियन्त्रित कोठामा पुनःस्थापनाकर्ताहरूले नयाँ दिल्लीको अतीतलाई बुझ्न अनमोल झ्याल प्रदान गर्ने दुर्लभ ऐतिहासिक कागजात र कलाकृतिहरू सावधानीपूर्वक मिलाउँदै छन् ।

इन्दिरा गान्धी नेसनल सेन्टर फर द आट्र्स आइजिएनसिएका विज्ञहरूले बिग्रिएका नक्सा र पुराना तस्वीरहरूलाई पुनर्जीवित गर्दैछन् । यी सामग्रीहरूले हाल तीन करोडभन्दा बढी मानिस बसोबास गर्ने विशाल महानगरको विकासक्रमलाई बुझ्न सहयोग गर्छ ।

यस कार्यले हजारौँ वर्षदेखि बसोबास र परिवर्तनका लहरहरू पार गर्दै आएको बहु–धार्मिक तथा बहु–सांस्कृतिक सहरको थप गहिरो समझ बनाउन मद्दत गरेको छ ।

“हामीले स्मृति जोगाइरहेका छौँ”, आइजिएनसिएको संरक्षण प्रयोगशालाका प्रमुख अचल पाण्ड्याले भने, “जुन देशसँग स्मृति हुँदैन, त्यो देश केही हुँदैन ।”

सबैभन्दा बहुमूल्य पुनःस्थापित सामग्रीहरूमा विल्सन सर्वेक्षण नक्सा पनि पर्छन् । यी नक्सा सन् १९१० देखि १९१२ को बीचमा एक ब्रिटिश औपनिवेशिक अधिकारीले तयार पारेका करिब दुई सय ५० कागजातहरूको सङ्ग्रह हुन् ।

यी नक्सा १७औँ शताब्दीमा मुगल सम्राट शाहजहाँले शाहजहाँनाबादका रूपमा राजधानी स्थापना गरेको पुरानो दिल्लीमा केन्द्रित छन् ।

नक्सामा त्यतिबेला को कहाँ बस्थे भन्ने विवरण सावधानीपूर्वक अङ्कित गरिएको छ ।

“तपाईंले केवल नक्सा मात्र हेर्नुहुन्न, यहाँका मानिसहरूको जीवन र इतिहास पनि बुझ्न सक्नुहुन्छ”, नयाँदिल्ली नगर परिषद्को सम्पदा पुनःस्थापना टोलीका सदस्य सञ्जीव कुमार सिंहले भने ।

लामो समयको उपेक्षाले यी नाजुक कागजातहरूलाई अझै कमजोर बनाएको छ । राजधानीको कठोर मौसम—गर्मीको तीव्र तापक्रम, आर्द्र मनसुन र जाडोको चिसो—सहित विश्वकै खराब वायु प्रदूषणले तिनलाई थप बिगारेको छ ।

यदि सन् २०२२ मा संरक्षण कार्य सुरु भएको थिएन भने यी कागजातहरू अहिले टुक्रिन्थे भन्ने पुनःस्थापनाकर्ताहरूको भनाइ छ ।

“यसको महत्त्व मर्ने व्यक्तिलाई अक्सिजन चाहिने जत्तिकै हो”, सिंहले भने ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : ०५ बजे

भाइरल सकस : काम कम, हल्ला बढी

भगवान् कृष्णले दम्भ (देखावटीपन) लाई आसुरी गुण भनेका छन्। श्रीमद्भागवत

आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी

एजेन्सी– अस्ट्रेलियाले संयुक्त राज्य अमेरिका र बेलायतसँगको ‘औकस’ (एयुकेयुएस) सुरक्षा

प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध

स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्बभन्दा बढी दाबी भुक्तानी

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२-८३ मा अघिल्लो आर्थिक

बस्तीमा बाढी पसेपछि बाजुरामा १३ परिवार विस्थापित, गाउँ नै जोखिममा

काठमाडौँ – अविरल वर्षासँगै आएको बाढी बस्तीमा पसेपछि बाजुराको बडिमालिका