भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित « Khabarhub

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकलाई पारित गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको बैठकले बहुमतका आधारमा उक्त विधेयकलाई पारित गरेको हो । बैठकमा माओवादी र रास्वपा सांसदहरूले विधेयकमाथि थप छलफलको आवश्यकता रहेको जनाएका थिए ।

तर सत्तारुढ दलका सांसदहरूले विधेयकमाथि लामो समय छलफल भएकाले पारित नै गर्नुपर्ने धारणा राखेका थिए ।

पारित भएपछि सत्तारुढ दलका सांसदहरूले विधेयकमा हस्ताक्षर गरेका छन् भने माओवादी र रास्वपा सांसदहरूले भने हस्ताक्षर नगरी बाहिरिएका थिए ।

समिति सभापति कुसुमदेवी थापाले आफ्ना असहमतिका बुँदालाई समावेश गरेर विधेयकमा हस्ताक्षर गर्न आग्रह गरेका थिए  ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : १५ बजे

प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि म्याग्दी

जल तथा ऊर्जा आयोगको सचिवालयबाट नीति संवाद सुरु

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको जल तथा ऊर्जा

अमेरिका र इरानबीच मध्यस्थकर्ताकाे छुट्टाछुट्टै वार्ता : युद्ध अन्त्य र होर्मुज मार्ग खोल्ने नयाँ प्रयास

एजेन्सी– सात महिना लामो युद्ध अन्त्य गर्ने नयाँ प्रयासस्वरूप अमेरिका

बालेन र रविको फोटो पोस्ट गर्दै बाबुराम लेख्छन्- लोकतन्त्रमा सबै काम विधिसम्मत हुनुपर्छ !

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय

चितवन– चितवनमा पाँच वर्षमुनिका बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढेको