विद्याका अघि ईश्वर पोखरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’ « Khabarhub

विद्याका अघि ईश्वर पोखरेलले भने, ‘हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ…’

‘जबज मदन भण्डारीले मात्रै ल्याएको विचार होइन, ओलीको उत्थानमा फाउन्डेशनकै भूमिका’


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक पुनरागमनमा सघाइरहेका नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौतीबारे हेक्का नराखे दुर्घटनाग्रस्त हुन पुगिने अर्थपूर्ण अभिव्यक्ति दिएका छन्‌ ।

भण्डारीलाई पार्टीमा भित्रनै नदिने रणनीतिक अख्तियार गरिरहेका अध्यक्ष केपी शर्मा ओलीको योजनाविपरित सक्रिय पोखरेलले मदनपत्नी तथा पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन समारोहमा बोल्दै पोखरेलले यस्तो बताएका हुन्‌ ।

मदन भण्डारीले तय गरेको एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) का सन्दर्भ उठाउँदै पोखरेलले भने, ‘हामीले यो विचारको पक्ष र जननेता मदन भण्डारीको पक्षमा उभिइरहँदा यो पृष्ठभूमिलाई बुझ्न जरुरी छ । कुनै पनि बेला सामना गर्नुपर्ने चुनौतीहरूलाई पनि हेक्का राख्नुपर्ने जरुरी छ । यदि सम्भावित चुनौतीहरूबारे हेक्का राखिएन भने दुर्घटनाग्रस्त हुन पुगिन्छ ।’

जबज स्व. नेता मदन भण्डारीले मात्रै ल्याएको विचार नभएको बताउँदै पोखरेलले एमालेका हालका अध्यक्ष ओलीको उत्थानमा मदन भण्डारी फाउन्डेशनकै योगदान रहेको दाबी गरे ।

‘म सम्झन्छु – नेकपा (एमाले)का आदरणीय अध्यक्ष केपी शर्मा ओली जुनबेला विचारको प्रखरताको झण्डा बोकेर अघि बढिरहनुभएको थियो, त्यसबेलादेखि नै यो फाउन्डेशन महत्वपूर्ण ढङ्गले जोडिँदै आयो । उहाँको सानीध्यता पाएर वास्तवमा यो फाउन्डेशनले महत्वपूर्ण भूमिका पनि खेल्दै आयो । म आज ती कुराहरू सम्झन चाहन्छु’, पोखरेलले भने ।

जबजमाथि पछिल्लो समय अनेक ढङ्गले हमला भएका पनि पोखरेलले दाबी गरे । उनले अगाडि भने, ‘पार्टीभित्रैबाट हमला भए, अनेक ढङ्गले त्यसमाथि कटाक्ष गर्ने कामहरू भयो । अनेक दृष्टान्तहरू दिएर आफूलाई बडो जानकार भन्ने नेताहरू समेतले पनि त्यसमा कटाक्ष गर्नुभयो । त्यसको पनि प्रतिवाद गर्दै यो विचार अघि बढ्यो ।’

कहिलेकाहीँ विचारकै टोपी लगाउनेहरूले विचारलाई क्षत्‌विक्षत्‌ बनाउने भन्दै पोखरेलले टोपी लगाएर प्रस्तुत हुनेहरूमात्रै विचारका संवाहक हुन्छन्‌ भनी ठान्ने भुल गर्न नहुने बताए । यस्तो अवस्थामा विचारको रक्षा गर्न जरुरी हुने उनको भनाइ थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : ३० बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका