विद्या भण्डारीलाई ईश्वर पोखरेलको ढाडस- चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू « Khabarhub

विद्या भण्डारीलाई ईश्वर पोखरेलको ढाडस- चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


756
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सम्भावित चुनौतीका बाबजुद मनोबल कमजोर नबनाउन आग्रह गरेका छन्।

पूर्वराष्ट्रपति भण्डारीको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा बोल्दै पोखरेलले जननेता मदन भण्डारीले सुरु गरेको विचारको शुद्धीकरणलाई निरन्तरता दिनुपर्ने बताए।

 उनले मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई ‘मौसमी’ भनेर बुझ्न नहुने स्पष्ट पार्दै उनले भने, ‘टोपी लगाउने मात्रै विचारका संवाहक होइनौँ, जबजलाई व्यवहारमा उतार्न सक्षम हुनु पर्दछ ।’

उनले जबज मार्क्सवादको विकासक्रमबाट बनेको विचार भएको भन्दै यसका पक्षमा उभिँदा चुनौती आउनु स्वाभाविक रहेको उल्लेख गरे। ‘चुनौती सँधै आउँछन्। त्यसको सामना गर्नुबाहेक अर्को विकल्प छैन,’ पोखरेलले भने।

उनले एमालेको तर्फबाट कुरा राख्दै भोग्नुपर्ने अप्ठ्यारा र चुनौतीलाई स्वीकार्दै अघि बढ्न पनि विद्या भण्डारीलाई  सुझाव दिए । उनले ढाडस दिँदै भने, ‘चुनौती आए भनेर मनोबल कमजोर नबनाउनू। हामी चुनौती सामना गरेर नै यहाँसम्म आएका हौं’ ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ३ : १४ बजे

मुस्ताङ भन्सारमा १५ दिनमै पौने दुई अर्ब राजस्व

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६