नेपालमा अध्ययनरत तीन इन्डोनेशियाली विद्यार्थी अध्यागमनको निगरानीमा | Khabarhub Khabarhub

नेपालमा अध्ययनरत तीन इन्डोनेशियाली विद्यार्थी अध्यागमनको निगरानीमा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षा लिने उद्देश्य देखाएर नेपाल आएका तीन जना इन्डोनेशियाली विद्यार्थीको गतिविधि शङ्कास्पद देखिएपछि अध्यागमन विभागले निगरानीमा राखेको छ ।

सन् २०२४ मा अध्ययन भिसामा नेपाल प्रवेश गरेका तीमध्ये एक महिला विद्यार्थी ललितपुरस्थित मुस्लिम धर्मसँग सम्बन्धित संस्थामा शिक्षकका रूपमा कार्यरत रहेको पाइएको छ । अध्ययन भिसाको दुरुपयोग गर्दै मुस्लिम धर्म प्रचार–प्रसार गरेको आशंका गरिएको छ ।

स्रोतका अनुसार, साहा एजितिम कल्चर,  भि दुस्तुलुक डेर्नेगी र साहा इन्टरनेशनल युके नामका संस्थाबाट ती विद्यार्थीलाई वार्षिक करिब ८ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग प्राप्त हुँदै आएको छ।

ती विद्यार्थीले होटल तथा विभिन्न स्थानमा बैठक राख्दै कुरान पढाउने, मुस्लिम धर्म प्रचार गर्ने गतिविधि सञ्चालन गरिरहेको जानकारी प्राप्त भएको छ। 

अध्यागमन विभागले अध्ययन भिसामा विदेशीद्वारा यस्ता कार्य गर्न नपाइने र यस्तो कार्य गर्न चाहनेले कार्य भिसा लिनुपर्ने स्पष्ट पारेको छ।

अध्यागमन ऐन २०४९ अनुसार, अध्ययन, उपस्थिति र परीक्षासँग सम्बन्धित बाहेकका गतिविधिमा संलग्न भई कार्य गर्ने विदेशी नागरिकले तोकिएको भिसा नियम उल्लंघन गरेको मानिने भएकाले विभागले अनुसन्धान अघि बढाएको छ।

नेपालमा शिक्षा उद्देश्य विपरीत गतिविधि गर्ने विदेशीलाई कानुनअनुसार कारबाही गरिने अध्यागमन विभागले जनाएको छ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ४ : २५ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध