थापागाउँबाट च्यासललाई पूर्वराष्ट्रपति भण्डारीको जवाफ : म एमाले कार्यकर्ता हुँ, संघर्ष गरिरहन्छु « Khabarhub

थापागाउँबाट च्यासललाई पूर्वराष्ट्रपति भण्डारीको जवाफ : म एमाले कार्यकर्ता हुँ, संघर्ष गरिरहन्छु


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू निरन्तर नेकपा एमालेको कार्यकर्ता भएर संघर्षरत रहने स्पष्ट गरेकी छन्।

मदन भण्डारी फाउन्डेसनको हिरक जयन्ती आयोजन समितिको सम्पर्क कार्यालय उद्‌घाटन कार्यक्रममा बिहीबार बोल्दै उनले च्यासलले उठाएको सदस्यता सम्बन्धी प्रश्नको जवाफ पनि दिइन् ।
 
‘मैले २०३७ सालमै मालेको सदस्य लिएँ, एमालेको सदस्यता लिएको नै ३५ वर्ष भयो। म अझै पनि एमालेकै कार्यकर्ता हुँ’, उनले भनिन् ।

राष्ट्रपति रहँदा देशले गौरव गर्नेगरी भूमिका निर्वाह गरेको दाबी गर्दै उनले आफू आलोचनाबाहिर नरहेको उल्लेख गरिन्। ‘जनताको बहुदलीय जनवादको मर्मअनुसार एमालेले काम गर्न सके कि सकेन भन्ने अब समीक्षा हुनुपर्छ,’ उनले भनिन्।

उनले २०५० सालदेखि निरन्तर सरकारमा सहभागी हुँदै आएको एमालेले पार्टीको नीति र जनअपेक्षा अनुसार काम गर्न सके–नसकेको आत्ममूल्याङ्कन गर्नुपर्ने आवश्यकता औंल्याइन्। 

‘पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध म निरन्तर लडिरहन्छु। नेपाल चन्द्रसूर्य रहुन्जेल म सक्रिय रहन्छु,’ भण्डारीले भनेकी छन्।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ६ : ४४ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका