तेक्वान्डो खेलाडी विष्णु खत्री र रमिला लामालाई बेथानचोकको सम्मान  « Khabarhub

तेक्वान्डो खेलाडी विष्णु खत्री र रमिला लामालाई बेथानचोकको सम्मान 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई पुरस्कृति गरेको छ । गाउँपालिकाले बिहीबार तेक्वान्डो खेलाडीद्वय विष्णु खत्री र रमिला लामालाई नगद १-१ लाख रूपैयाँसहित सम्मान गरेको हो । 

गाउँपालिकाको वडा नम्बर ५ का खत्रीले थाइल्याण्डमा सम्पन्न आठौँ हिरोज तेक्वान्डो इन्टरनेशनल च्याम्पियनशिपमा ४० वर्ष मुनीको उमेर समूह पुम्सेमा स्वर्ण पदक तथा पुरुष ७० केजी तौल समूहमा रजत पदक जितेका थिए । 

सोही वडा घरभइ नेपाल पुलिस क्लवमा आवद्ध लामाले कोरियामा सम्पन्न देइगु वल्र्ड युनिभर्सिटी एन्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्डों च्याम्पियनसिपको पुमसे काताको ३० वर्ष मुनीको उमेर समूहअन्र्तगत सङ्नाम कोरिया ओपन अन्तराष्ट्रिय तेक्वाण्डो च्याम्पियनशिप २०२५ मा स्वर्ण पदक जितेकी थिइन् । 

उनले दक्षिण कोरियामै सम्पन्न दशौं खुल्ला एमबीसी कप इन्टरनेशनल तेक्वान्डो च्याम्पियनशिप २०२५ को सिनियरतर्फ ३० वर्ष मुनिको अन्तर्राष्ट्रिय स्पर्धामा रजत पदक पनि हासिल गरेकी थिइन् ।  

सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष भगवान अधिकारीले खेलकुदका माध्यमबाट गाउँपालिकाको शिर उच्च बनाएकोमा खेलाडीहरूलाई बधाई दिए । 

उनले सभ्य समाज र सभ्य संस्कारमा हुर्केको प्रतिभाको जहाँ पुगे पनि देश र माटोका लागि केही गर्न सक्छन भन्ने सावित भएको बताए । 

उपाध्यक्ष तारा राना तिमल्सिनाले पदक विजेता खेलाडीहरू गाउँपालिकाका गहना भएकै कारण सम्मान गरिएको बताइन् । कार्यक्रममा वडा नं। ५ का वडा अध्यक्ष राजकुमार तामाङले विजेताले वडा, गाउँपालिकालाई गौरवान्वित तुल्याएको बताए । 

कार्यक्रममा वडा नं। १ का अध्यक्ष मधुसुधन तिमल्सिना, २ का वडाअध्यक्ष पुरुषोत्तम तिमल्सिनालगायत विभिन्न व्यक्तिहरुले विजेता खेलाडीलाई बधाई दिएका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ४ : ०४ बजे

पश्चिमी वायु र न्यून चापीय प्रणालीको प्रभाव : देशका अधिकांश भूभागमा वर्षा हुने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपीएल : उच्च स्कोरको खेलमा मुम्बईमाथि हैदरावादको सानदार जित

मुम्बई- हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई

पाउण्ड २०५ पुग्यो : बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर

मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा

काठमाडौँ – मनास्लु र ल्होत्से आरोहणको ७० वर्ष पूरा भएको

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ –  आज २०८३ साल वैशाख १७ गते बिहीबार। वैशाख