उपसभामुख रानाको विषय आचरणसँग जोडिएकाले संवैधानिक परिषद्को अङ्कगणितसँग नजोडौँ : योगेश भट्टराई | Khabarhub Khabarhub

उपसभामुख रानाको विषय आचरणसँग जोडिएकाले संवैधानिक परिषद्को अङ्कगणितसँग नजोडौँ : योगेश भट्टराई


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले) का सचिव योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगरको विषय आचरणसँग जोडिएकाले संवैधानिक परिषद्को अङ्कगणितसँग जोड्न आवश्यक नभएको तर्क गरेका छन् ।  

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले उपसभामुख रानामगरको आचरणमाथि गम्भीर प्रश्न उठाउँदै यस मुद्दालाई संवैधानिक परिषद्को अङ्कगणितसँग जोड्न आवश्यक नभएको बताएका हुन् । उनले उपसभामुखका कार्यले समग्र संसद्को गरिमामाथि नै प्रश्न उठेको बताए ।

उनले तत्कालीन समयमा राना कार्यकारी प्रमुख रहेको प्रिजनर्स असिस्टेन्स नेपालले बाल संगठनको सिफल बालगृहबाट २०७२ कात्तिक १७ गते ५ जना बालबालिका जबरजस्ती उठाएर लगेको जिकिर गरे ।  

त्यस सम्बन्धमा २०७६ साल कात्तिक १४ गते तत्कालीन सरकारले पाटन उच्च अदालतका निवर्तमान न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग बनाएको तर अहिलेसम्म उक्त आयोगको प्रतिवेदन सार्वजनिक नभएको उनको भनाइ छ ।

उनले उक्त प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरे । उपसभामुख रानामाथि प्रश्नै प्रश्न उठिरहेको बेला आदिवासी, जनजाति, महिला भनेर सहानुभूति बटुल्ने काम भइरहेको उनले बताए ।  

उनले आफ्ना कुरा राखेर संसद् बदल्ने रास्वपा सांसदको कार्यशैलीप्रति पनि आक्रोश व्यक्त गरे । अरूमाथि नैतिकताका प्रश्न उठाउने रास्वपाका सांसदहरूले आफ्नामाथि प्रश्न उठ्दा नैतिकता प्रदर्शन गर्न नरहेको उनको भनाइ छ । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ४ : ३१ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध