‘विद्यालय शिक्षा विधेयक’ समितिबाट पारित : माओवादी, रास्वपा र राप्रपाले राखे फरक मत  « Khabarhub

‘विद्यालय शिक्षा विधेयक’ समितिबाट पारित : माओवादी, रास्वपा र राप्रपाले राखे फरक मत 


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


804
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक, २०८० पारित गरेको छ । 

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको हो । विधेयकको केही दफामा माओवादी केन्द्र, रास्वपा र राप्रपाका सांसदले फरक मत दर्ज गराएका छन् ।

समितिमा माओवादी सांसदहरूले हाल कार्यरत बाल विकास सहयोगीहरूलाई एक पटकका लागि उमेरको हद नलाग्ने गरी शिक्षक प्रतिस्पर्धामा भाग लिन दिनुपर्ने फरक मत राखेका छन् । 

त्यस्तै शहीद, बेपत्ता, घाइते तथा विपन्न परिवारका विद्यार्थीलाई आवास र पोसाकको समेत व्यवस्था गर्नुपर्ने माग गरिएको छ । यस्तो व्यवस्थाको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने उनीहरूको भनाइ छ ।

विधेयकमाथि सांसदहरू देवेन्द्र पौडेल, रेखा शर्मा, महिन्द्र राय यादव, ज्ञानु बस्नेत, सुमना श्रेष्ठ र विना जैसवालले बाल विकास र छात्रवृत्तिका बारेमा फरक मत राखेको समिति सभापति अम्मर बहादुर थापाले जानकारी दिए । 

सभापति थापाले मन्त्रालयले स्वीकार गरेका विषय र भाषा मिलाउन समिति सचिवालयलाई निर्देशन दिए । उनले विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी समितिको प्रतिवेदन संसद्को आगामी बैठकमा प्रस्तुत गरिने उल्लेख गरे  । 

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ५ : ४० बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र