कोशी प्रदेशसभा : विषयगत समितिको वार्षिक प्रतिवेदन पेस | Khabarhub Khabarhub

कोशी प्रदेशसभा : विषयगत समितिको वार्षिक प्रतिवेदन पेस


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा दुई वटा विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । बैठकमा सामाजिक विकास समिति र प्राकृति स्रोत तथा पूर्वाधार विकास समितिको आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पेस भएको हो ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत)को नियम १४३ बमोजिम सामाजिक विकास समितिको वार्षिक प्रतिवेदन समितिका सभापति गयानन्द मण्डल र प्राकृति स्रोत तथा पूर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन समितिका सभापति होमबहादुर थापाले सदनमा वाचन गरेर सुनाए ।
    
बैठकको विशेष समय नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट खिनु लङ्वा लिम्बूले हतारमा विधेयक ल्याउनुभन्दा सरकारले गहन छलफल गरी सहमति र समन्वयका आधारमा ल्याउनुपर्ने विचार राखे ।

उनले पछिल्लो समयमा प्रदेश सरकारले विधेयकमाथि छलफल नगरी हतारमा पारित गर्दा दूरगामी असर पर्ने भन्दै विधेयकलाई परिपक्व तथा कार्यान्वयनयोग्य बनाउन छलफलको समयसीमा बढाउनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) कोशी प्रदेशसभा संसदीय दलका तर्फबाट गणेशप्रसाद उप्रेतीले सरकारले नेपाली भूमिको रक्षा गर्न बलियो भएर प्रस्तुत हुनुपर्ने धारणा राख्दै लिपुलेकबाट भारत र चीनको व्यापारका लागि नाका खोल्ने विषयमा सरकारले आफ्नो धारणा सार्वजनिक गर्न माग गरे।

आजको बैठकको शून्य समयमा प्रदेशसभा सदस्य गोम्बु शेर्पा, सपना दर्जी, लखीकुमारी गणेश, सविना बजगाईं, तारादेवी ढकाल र मीना श्रेष्ठले समसामयिक समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए । सभामुख अम्बरबहादुर विष्टले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र वाचन गरेर सुनाए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ५ : ३० बजे

सिङ्गै नेपाल बन्छ, कर्णाली बन्छ, हामी बनाउँछौँः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सिङ्गै नेपाललाई समृद्ध बनाउन

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

पर्सा – पर्सामा सुक्खाग्रस्त समस्याको कारणले यस वर्ष धान उत्पादनमा

लिपुलेकमा भारत-चीन मिलेपछि नेपालका सत्ता र प्रतिपक्ष पनि एकमुख 

काठमाडौं– संघीय संसद्का प्रमुख राजनीतिक दलहरू नेपाली भूमि लिपुलेकलाई भारत

एम्बुलेन्स सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत