पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्छ : अग्नि सापकोटा | Khabarhub Khabarhub

पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्छ : अग्नि सापकोटा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्रिय भएर समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । 

काभ्रेपलाञ्चोकबाट प्रकाशन हुँदै आएको सु-सन्देश साप्ताहिकको २३औँ वार्षिकोत्सवका अवसरमा आज धुलिखेलमा आयोजित ‘डिजिटल युगमा छापा सञ्चारमाध्यमको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले खोज पत्रकारितालाई केन्द्रमा राखेर समाचार संकलन र सम्प्रेषण गर्दा पत्रिकाको भविष्य सुनिश्चित हुने धारणा राखे ।

पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढ्दै गएको जनाउँदै पूर्वसभामुखसमेत रहेका सापकोटाले विशेष गरी कृत्रिम बौद्धिकता(एआई) का कारण पत्रकारहरूले खोज तथा अनुसन्धानका क्षेत्र ओझेलमा पर्ने जोखिम बढ्दै गएको बताए । एआईको मात्रै भर पर्दा गाउँगाउँका, पिछडा वर्गका नागरिकको आवाज, उनीहरूको अवस्था, राज्यले खेल्नुपर्ने भूमिकालगायत विषय ओझेलमा पर्ने उनको भनाइ छ ।

‘समाजमा हत्या, हिंसा, सामाजिक विभेदको अवस्था डरलाग्दो बन्दै गएको अवस्थामा त्यसलाई उजागर गर्दै आमनागरिकलाई जागरुक बनाउन पत्रकारको महत्त्वपूर्ण भूमिका रहन्छ’, प्रवक्ता सापकोटाले भने, ‘त्यसका लागि पत्रकार स्वयंले समाजमा विद्यमान विकृति, विसङ्गतिका विरुद्ध खोजी गरी कलम चलाउने, नागरिकलाई सचेत बनाउने, राज्य र सरोकार भएका निकायलाई घचघच्याउने काममा लाग्न जरुरी छ ।’

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पछिल्लो समय पत्रकारहरू एआईको सहायतामा काम गर्न थालेकाले गाउँमा भएका सूचना नआउने अवस्थातर्फ पुग्ने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरे । स्थलगत रूपमा(रिपोर्टिङमा) खटिने पत्रकारको वर्तमान परिप्रेक्षमा पनि आवश्यकता रहेको उनको भनाइ छ ।

कार्यक्रममा सङ्घीय सांसद सूर्यमान दोङ, प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाललगायत वक्ताले सञ्चारकर्मी र सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिकाका बारेमा आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा पूर्वसभामुख सापकोटाले नेत्रवाण मिडिया प्रालिले सञ्चालनमा ल्याएको अनलाइन नेत्रवाण डटकमको शुभारम्भ गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ६ : ०९ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध