पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्छ : अग्नि सापकोटा « Khabarhub

पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्छ : अग्नि सापकोटा


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धुलिखेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूले खोज पत्रकारिता क्षेत्रमा सक्रिय भएर समाचार संकलन र सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन् । 

काभ्रेपलाञ्चोकबाट प्रकाशन हुँदै आएको सु-सन्देश साप्ताहिकको २३औँ वार्षिकोत्सवका अवसरमा आज धुलिखेलमा आयोजित ‘डिजिटल युगमा छापा सञ्चारमाध्यमको भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले खोज पत्रकारितालाई केन्द्रमा राखेर समाचार संकलन र सम्प्रेषण गर्दा पत्रिकाको भविष्य सुनिश्चित हुने धारणा राखे ।

पछिल्लो समय सूचना प्रविधिको प्रयोग बढ्दै गएको जनाउँदै पूर्वसभामुखसमेत रहेका सापकोटाले विशेष गरी कृत्रिम बौद्धिकता(एआई) का कारण पत्रकारहरूले खोज तथा अनुसन्धानका क्षेत्र ओझेलमा पर्ने जोखिम बढ्दै गएको बताए । एआईको मात्रै भर पर्दा गाउँगाउँका, पिछडा वर्गका नागरिकको आवाज, उनीहरूको अवस्था, राज्यले खेल्नुपर्ने भूमिकालगायत विषय ओझेलमा पर्ने उनको भनाइ छ ।

‘समाजमा हत्या, हिंसा, सामाजिक विभेदको अवस्था डरलाग्दो बन्दै गएको अवस्थामा त्यसलाई उजागर गर्दै आमनागरिकलाई जागरुक बनाउन पत्रकारको महत्त्वपूर्ण भूमिका रहन्छ’, प्रवक्ता सापकोटाले भने, ‘त्यसका लागि पत्रकार स्वयंले समाजमा विद्यमान विकृति, विसङ्गतिका विरुद्ध खोजी गरी कलम चलाउने, नागरिकलाई सचेत बनाउने, राज्य र सरोकार भएका निकायलाई घचघच्याउने काममा लाग्न जरुरी छ ।’

कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटाले पछिल्लो समय पत्रकारहरू एआईको सहायतामा काम गर्न थालेकाले गाउँमा भएका सूचना नआउने अवस्थातर्फ पुग्ने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरे । स्थलगत रूपमा(रिपोर्टिङमा) खटिने पत्रकारको वर्तमान परिप्रेक्षमा पनि आवश्यकता रहेको उनको भनाइ छ ।

कार्यक्रममा सङ्घीय सांसद सूर्यमान दोङ, प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख विष्णुमणि नेपाललगायत वक्ताले सञ्चारकर्मी र सञ्चारमाध्यमले खेल्नुपर्ने भूमिकाका बारेमा आ–आफ्नो धारणा राखेका थिए । सो अवसरमा पूर्वसभामुख सापकोटाले नेत्रवाण मिडिया प्रालिले सञ्चालनमा ल्याएको अनलाइन नेत्रवाण डटकमको शुभारम्भ गरेका छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ६ : ०९ बजे

कांग्रेस संस्थापनको ‘सात बुँदे प्रस्ताव’ हल्ला मात्रै भएको शेखर सचिवालयको भनाइ

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले संस्थापन

‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम’ सम्पन्न

कर्णाली– मनसुनजन्य विपद्को सम्भावित जोखिम पूर्वानुमान, पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी ‘प्रथम

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्न समूहबाट प्रधानमन्त्री र ममाथि आक्रमण भयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको इतिहासकै ठूलो वित्तीय

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह