रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न « Khabarhub

रास्वपा र उपसभामुख रानामाथि योगेशका प्रश्नै प्रश्न


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारूढ एमालेका सांसद योगेश भट्टराईले उपसभामुख इन्दिरा रानामगर र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई लक्षित गर्दै संसदमा कडा आलोचना गरेका छन्।

बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै भट्टराईले उपसभामुखविरुद्ध महाभियोगको प्रस्तावबारे उठेको बहस, विगतका केही गम्भीर घटनाहरू, रास्वपाको ‘डबल स्ट्यान्डर्ड’ व्यवहार र विदेशी भ्रमणसम्बन्धी प्रश्नहरू संसदमा राखेका हुन्।

महाभियोग र संवैधानिक प्रश्न

सांसद भट्टराईले उपसभामुख रानामगरविरुद्ध हस्ताक्षर संकलन सुरु भएको विषयमा टिप्पणी गर्दै भने, ‘संविधानको धारा ९१ कै प्रयोग गरी अघिल्लो समयमा प्रधानन्यायाधीशमाथि महाभियोग दर्ता गरिएको हो। त्यस्तै प्रकृया अहिले पनि प्रश्न उठेपछि प्रयोग हुन सक्ने हो। यसलाई अतिरञ्जित रूपमा लिनु आवश्यक छैन।’

उनका अनुसार, उपसभामुखविरुद्ध उठेका गम्भीर प्रश्नहरूलाई संवैधानिक परिषद्को अंकगणितसँग जोड्नु आवश्यक छैन।

बालबालिका हराउने प्रकरण र ‘पीए नेपाल’ को संलग्नता

उपसभामुख रानामगरले नेतृत्व गरेको ‘प्रिजनर्स असिस्टेन्ट नेपाल (पीए नेपाल)’ संस्थासँग सम्बन्धित गम्भीर घटना उठाउँदै उनले २०७२ साल कात्तिक १७ मा बालगृहबाट ५ बालबालिका हराएको र उनीहरू जबर्जस्ती लगिएको गवाही भएको उल्लेख गरे।

तत्कालीन सरकारले उच्चस्तरीय छानबिन आयोग बनायो, प्रतिवेदन तयार पनि भयो, तर आजसम्म सार्वजनिक गरिएको छैन, उनले भने।

उनले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्दै भने, यदि प्रतिवेदनमा ती बालबालिकाको ओसारपसार भएको र पीए नेपाल संलग्न भएको उल्लेख छ भने, त्यो गम्भीर विषय हो। उपसभामुखको संलग्नता रहेको संस्थासँग जोडिनु पनि संसदले सम्बोधन गर्नैपर्ने विषय हो।

उपसभामुखको विदेशी भ्रमण र स्वीकृति विवाद

उपसभामुख रानामगरले हालसम्म १७ पटक विदेश भ्रमण गरेको र तीमध्ये १० वटा भ्रमणमा कुनै स्वीकृति नलिएको आरोप पनि भट्टराईले लगाए।

सात पटक त सभामुखको स्वीकृतिमा भ्रमण भएको देखिन्छ, तर बाँकी १० पटक कसैबाट स्वीकृति नलिई जानु गम्भीर कूटनीतिक चूक हो। के कसैले अनुमति दियो कसको निम्तोमा जानुभयो, उनले प्रश्न गरे।

भट्टराईले उपसभामुखको भूमिकाले संस्थागत र कूटनीतिक मर्यादा पालन गर्नुपर्ने स्पष्ट पारे।

अमेरिकामा भाषण र कूटनीतिक नजिर

उहाँले अमेरिकामा भाषण गर्नुभएको छ। त्यो संस्थागत नजिर के होरु संसद, परराष्ट्र मन्त्रालय, वा कूटनीतिक नियोगमा त्यसको अभिलेख छ कि छैन रु भन्दै उनले थप प्रश्न उठाए।

रास्वपामाथि डबल स्ट्यान्डर्डको आरोप

सांसद भट्टराईले रास्वपाले इमोशनल ब्ल्याकमेलिङ गरेको आरोप लगाए।

‘जनजाति वा महिला भएकै कारण कुनै पदबाट हटेमा त्यसलाई जातीय वा लैंगिक हिसाबले बुझ्नु सही होइन। ९२ जना दलित महिला सांसद छन्, अर्को महिला नेतृ आउन सक्छ। भावनात्मक ब्ल्याकमेल गरेर मुद्दाको गम्भीरता कमजोर पार्न पाइँदैन’, उनले भने।

सहकारी ठगी प्रकरणमा रवि लामिछाने गृह मन्त्री हुँदा गठित छानबिन समितिबाटै रास्वपा सभापतिलाई दोषी ठहरिएको भट्टराईको भनाइ थियो।

अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा न्याय मरेको भनेर विरोध गर्ने र धरौटीमा छुट्दा न्याय जिउँदो भन्ने दृष्टिकोण गलत हो, भट्टराईले टिप्पणी गरे।

निलम्बित सांसद’ पार्टी प्रमुख बन्न मिल्दैन

उनले रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै भने, निलम्बित सांसद संसदमा त आउनै मिल्दैन। पार्टीको प्रमुख कसरी बन्न सक्छरु पहिले पार्टी प्रमुखबाट हटाउनु पर्ने हो। अभियुक्तलाई शीरमा राखेर पार्टी सञ्चालन गर्नेले नैतिकताको कुरा उठाउनु नै अनैतिक हो।

यद्यपी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुरमार नेपाल पनि सो पार्टीको अध्यक्षमा कायम छन् । उनी अहिले पनि संसदीय दलको नेता समेत छन् ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  ८ : ४५ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका