दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण « Khabarhub

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार साउनदेखि भदौको आजसम्ममा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमा एक महिला र पुरुष रहेका छन् ।

उनका अनुसार महाकाली नगरपालिका–६ घर भएकी महिला र बाँकेको कोहलपुर घर भएका पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

महिलामा गत साउन तथा पुरुषमा आज मात्रै डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । उनलाई जिल्ला अस्पतालमै राखिएको र स्वास्थ्यमा केही सुधार भएको सूचना अधिकारी भट्टले बताए ।

जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा ३२ जनामा महिला पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित हुनेमा १४ महिला र १८ पुरुष रहेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : ३८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी