दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण « Khabarhub

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण


५ भाद्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालमा उनीहरुमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार साउनदेखि भदौको आजसम्ममा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमा एक महिला र पुरुष रहेका छन् ।

उनका अनुसार महाकाली नगरपालिका–६ घर भएकी महिला र बाँकेको कोहलपुर घर भएका पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको हो ।

महिलामा गत साउन तथा पुरुषमा आज मात्रै डेङ्गु सङ्क्रमण पुष्टि भएको हो । उनलाई जिल्ला अस्पतालमै राखिएको र स्वास्थ्यमा केही सुधार भएको सूचना अधिकारी भट्टले बताए ।

जिल्ला अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा ३२ जनामा महिला पुरुषमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमित हुनेमा १४ महिला र १८ पुरुष रहेका थिए ।

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहीबार  १० : ३८ बजे

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख

लिग–२ मा खराब प्रदर्शनसँगै रोहितको कप्तानी खोसियो, चार वर्षपछि सन्दीपलाई जिम्मेवारी

काठमाडौं- रोहित पौडेललाई हटाउँदै नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय

गठेमंगलको सामान किनमेल गर्दै नेवार समुदायका मानिस (तस्बिरहरू)

काठमाडौं- काठमाडौं उपत्यकाका नेवार समुदायले श्रावण कृष्ण चतुर्दशीका दिन मनाउने