आज २०८२ साल असोज ५ गते आइतबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज ५ गते आइतबारको राशिफल


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल असोज ५ गते आइतबार । आश्विन कृष्ण पक्षको औंसी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर २१ तारिख । सोह्र श्रद्धको समाप्ती । विश्व अल्जाइमर दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। राजनीतिक क्षेत्रमा उदय हुनेछ। शिक्षामा प्रगति हुने योग छ। परिवारसँग रमाइलो गर्ने अवसर प्राप्त हुनेछ। जग्गाको कारोबारमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेत सफल बन्नेछ। स्वास्थ्यमा समस्या हुनेछ। राजनीतिक क्षेत्रमा संकटको सामना गर्नुपर्ने दिन छ। परिवारमा थोरै बोल्नु उचित हुन्छ।

मिथुन : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। दाजुभाइको साथ र सहयोग प्राप्त होला। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। निजी क्षेत्रको शिक्षामा लगानीका लागि हिम्मत गर्नुपर्ने दिन छ।

कर्कट : दिन सामान्य छ। तपाईंको बोलीले आफन्त रुष्ट बन्नेछन्। सम्पत्तिका पछाडि लाग्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ। खानपानमा समस्या हुने जोखिम छ।

सिंह : दिन राम्रो छ। अरुको विवादले तपाईंलाई नफा हुनेछ। जग्गाको कारोबारमा लाभ होला। राजनीतिक क्षेत्रमा सहयोग मिल्नेछ। विपक्षीसँगै परिवारको साथ र सहयोग मिल्नेछ।

कन्या : दिन सामान्य छ। दैनिक काममा अवरोध देखिने छ। साथीभाइले विरोध गर्नेछन्। संकटमा परिवारको साथ मिल्नेछ। स्वास्थ्य र शिक्षामा थप मिहिनेतको खाँचो देखिन्छ।

तुला : दिन राम्रो छ। धनलक्ष्मी योग परेको छ। अग्रजसँग परामर्श गरेर काम गर्दा मन हलुका हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधारका संकेत देखिने छन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। व्यापारमा नाफा हुनेछ। बौद्धिक साथीहरु विपक्षी कित्तामा पुगेकाले व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

धनु : दिन राम्रो छ। सम्पत्ति बढ्नेछ। शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ। साथीको साथ मिल्नेछ। राजनीतिक क्षेत्रमा उच्च व्यक्तिको आर्शिवाद पाइने छ। सेवाका अवसरको सदुपयोग गर्नु उचित हुन्छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रामा समय खर्च नगर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। धार्मिक कार्यमा सहभागी भएर काम सुरु गरेमा फाइदा हुनेछ।

कुम्भ : दिन राम्रो छ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। विपक्षी बौद्धिक भएकाले काम गर्दा सचेत बन्नुपर्ने देखिन्छ। शिक्षामा पहुँच विस्तार हुनेछ। व्यापारमा नाफा होला। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

मीन : दिन सामान्य छ। सानो कुराले मनमा चिन्ता बढ्नेछ। सम्पत्तिको पछाडि लाग्दा स्वास्थ्यमा जोखिम हुनेछ। अग्रजको सम्मान गर्नुपर्नेछ। राजनीतिक क्षेत्रमा सोचेको काम बन्नेछ। परिवारको साथ लिएर अगाडि बढ्नु उचित हुन्छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ५ : १५ बजे

आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र भएको इरानको दाबी

तेहरान – आफ्ना नौसेना कमान्डरको हत्याबारे समाचार केबल ‘अफबाह’ मात्र

अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ

कर्णाली – लोक सेवा आयोगको कार्यालय सुर्खेतद्वारा सञ्चालित प्रहरी जवान

आजका समाचार : प्रचण्ड नबन्ने, १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो र भारतले नेपाललाई दिने अनुदान रकम बढायो

प्रचण्ड प्रधानमन्त्रीको दौडबाट बाहिर, भने, ‘सत्ताको भागबन्डामा सहभागी हुन्न’ नेपाली

पत्रकार सिटौलाको अन्तिम बिदाइ, कुलमानदेखि बालेनसम्म पुगे (तस्बिरहरू)

काठमाडौं- आइतबार मध्याह्न उपचारका क्रममा काठमाडौंको ग्रान्डी अस्पतालमा निधन भएका

प्रतिनिधिसभा सदस्य निर्वाचन : आचारसंहिता उल्लङ्घनका उजुरीका लागि अलग्गै इमेल

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनसम्बन्धी सूचना तथा उजुरीका लागि अलग्गै