पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन « Khabarhub

पाँच दिनमा मुस्ताङ नाकाबाट ३४ करोड बढी भन्सार राजस्व संकलन


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनतर्फको मुस्ताङ नाकाबाट पछिल्लो पाँच दिनमा ३४ करोड बढी भन्सार राजस्व संकलन भएको छ । भन्सार विभागकाअनुसार भदौको ३० गतेबाट सञ्चालनमा आएको मुस्ताङ भन्सार कार्यालय, नेचुङ (कोरला) नाकाबाट असोज ४ गतेसम्म ३४ करोड ४७ लाख ४५ हजार २५२ रुपैयाँ भन्सार राजस्व संकलन भएको हो ।

असार २४ गते रसुवा जिल्लास्थित लेहेन्दे खोलामा आएको बाढीको कारण रसुवा भन्सार कार्यालय बन्द भएर चीनतर्फको आयात निर्यात प्रभावित भएको थियो ।

भदौ ३० गतेबाट सञ्चालनमा ल्याइएको भन्सार नाकाबाट पछिल्लो पाँच दिनमा २०९ वटा विद्युतीय गाडी र १०७ वटा मालवाहक ढुवानी साधन आयात भएको विभागले जनाएको छ ।

विभागले मुस्ताङ नाकामा आशिकुडा प्रणाली समेत सञ्चालन भइसकेको जनाएको छ भने र नेपाल राष्ट्र बैंकले पनि परिपत्र जारी गरेर सो नाकाबाट प्रतितपत्र जारी गरेर सामान आयात गर्न सकिने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  १ : २४ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,