बक्यौता उठाउने कुलमानको निर्णयलाई बोर्ड बैठक बसेर कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव « Khabarhub

बक्यौता उठाउने कुलमानको निर्णयलाई बोर्ड बैठक बसेर कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्णयलाई नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक बसेर कार्यान्वयन गरिने प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै शाक्यले कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्ने क्रममा गरेको बक्यौता उठाउने निर्णय बोर्डको बैठक बसेर कार्यान्वयनमा लैजाने बताएका हुन् ।

‘यो जुन मन्त्रीज्यू को निर्णय छ, मन्त्रीज्यू नै अध्यक्ष हुने बोर्ड हो बोर्डले निर्णय गरे अनुसार तुरुन्तै अगाडि बढ्छ’, शाक्यले भने, ‘ भोलि वा पर्सीमा बोर्ड बैठक बसेर निर्णय हुन्छ ।’

तर, मन्त्रालयको जिम्मेवारीमा कुलमान घिसिङ आइसकेपछि भने उनीसँग कुराकानी नभएको बताउँदै सचिव सहसचिवहरूसँग बोर्डको बैठक बस्ने विषयमा छलफल भएको बताए ।

‘मन्त्रीज्यूसँग अहिले व्यक्तिगत छलफल त भएको छैन, अहिले बाहिर सचिव र सहसचिवज्यूहरूसँग बसेर छलफल भयो’, शाक्यले भने । 

कुलमान घिसिङले मन्त्रालयको कार्यभार सम्हाल्दा नै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने विषयमा पहिलो निर्णय गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : १४ बजे

पर्वतको ठानामा ‘एक घर एक धारा’

पर्वत– पर्वतको मोदी गाउँपालिका–६ तिलाहारको ठानागाउँमा ‘एक घर एक धारा’

सरकारले खुलायो औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात

काठमाडौं– नेपाल सरकारले चालु आर्थिक वर्ष २०८२–०८३ का लागि औद्योगिक

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

चिसो बढेपछि हुम्लाको यारी भन्सार कार्यालय बन्द

हुम्ला– हिल्सास्थित यारी नाका भन्सार कार्यालय तीन महिनाका लागि बन्द

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ