बक्यौता उठाउने कुलमानको निर्णयलाई बोर्ड बैठक बसेर कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव « Khabarhub

बक्यौता उठाउने कुलमानको निर्णयलाई बोर्ड बैठक बसेर कार्यान्वयन गर्छौँ : हितेन्द्रदेव


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङको निर्णयलाई नेपाल विद्युत् प्राधिकरणको बोर्ड बैठक बसेर कार्यान्वयन गरिने प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

आइतबार पत्रकारहरूसँग कुरा गर्दै शाक्यले कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार सम्हाल्ने क्रममा गरेको बक्यौता उठाउने निर्णय बोर्डको बैठक बसेर कार्यान्वयनमा लैजाने बताएका हुन् ।

‘यो जुन मन्त्रीज्यू को निर्णय छ, मन्त्रीज्यू नै अध्यक्ष हुने बोर्ड हो बोर्डले निर्णय गरे अनुसार तुरुन्तै अगाडि बढ्छ’, शाक्यले भने, ‘ भोलि वा पर्सीमा बोर्ड बैठक बसेर निर्णय हुन्छ ।’

तर, मन्त्रालयको जिम्मेवारीमा कुलमान घिसिङ आइसकेपछि भने उनीसँग कुराकानी नभएको बताउँदै सचिव सहसचिवहरूसँग बोर्डको बैठक बस्ने विषयमा छलफल भएको बताए ।

‘मन्त्रीज्यूसँग अहिले व्यक्तिगत छलफल त भएको छैन, अहिले बाहिर सचिव र सहसचिवज्यूहरूसँग बसेर छलफल भयो’, शाक्यले भने । 

कुलमान घिसिङले मन्त्रालयको कार्यभार सम्हाल्दा नै डेडिकेटेड र ट्रंकलाइनको बक्यौता उठाउने विषयमा पहिलो निर्णय गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : १४ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर