जेन-जी आन्दोलनको प्रभाव : यूएईले भिसा रोक्दा लाखौँ नेपाली प्रभावित हुने « Khabarhub

जेन-जी आन्दोलनको प्रभाव : यूएईले भिसा रोक्दा लाखौँ नेपाली प्रभावित हुने


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि नेपालीको ठूलो रोजगार गन्तव्य यूएईले अनौपचारिक रूपमा भिसा एप्रुभल प्रक्रियालाई रोकेको छ ।

भिसाको एप्रुभल प्रक्रिया रोकिएसँगै भिजिट भिसा र कामदार भिसामा यूएई जान खोजेका ठूलो संख्याका नेपाली प्रभावित बन्न पुगेका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले जेन-जी आन्दोलनसँगै नेपालीहरूलाई यूएईले भिसा स्वीकृत गर्न छाडेको बताएका छन् ।

उनले त्यहाँका कम्पनीले नेपाली कामदार माग गरे पनि अध्यागमनले भिसा स्वीकृत नगरेपछि पछिल्ला दिनमा कामदारका लागि भिसा आवेदन प्रक्रिया नै अगाडि नबढेको बताए ।

तथ्यांकअनुसार वैदेशिक रोजगार गन्तव्यका हिसाबले यूएई नेपालीहरूको प्रमुख गन्तव्य हो । गत आर्थिक वर्ष ०८१/८२ मा त्यस देशमा रोजगारको लागि दुई लाख ७४ हजार ५८१ जना युवा युवती गएका थिए, जुन संख्या अन्य वैदेशिक रोजगार गन्तव्य मुलुकको तुलनामा सबैभन्दा धेरै हो ।

पूर्वअध्यक्ष भण्डारीले जेन-जी आन्दोलनपछि यूएईले सुरक्षा चासो देखाएर नेपालीको भिसा स्वीकृत नगरेको हुनसक्ने बताएका छन् ।

‘यूएईमा दिनकै ५/६ सय सम्म भिसा स्वीकृत भइरहेको हुन्थ्यो, तर अहिले भिसा दिएको छैन’, उनले भने, ‘कारण हेर्दा अहिले ब्यान्ड भनेर ब्यान्ड नै त गरेको छैन, पुलिस रिपोर्ट माग्न थाल्यो भन्ने कुरा छ, जुन यहाँबाट कैदी-बन्दी भागे, ती कैदी-बन्दी त्यहाँ पुगे भने त्यहाँको समाजलाई नै असर गर्ने जस्तो देखिन्छ ।’

अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भने अहिलेसम्म विगतमा भिसा लागेका नेपाली जान नरोकिएको बताएका छन् ।

उनले शनिबार मात्रै एक हजार तीन सय ४६ जना नेपाली यूएई गएका छन् । आइतबार साढे १२ बजेसम्म पनि तीन सयजना नेपाली यूएई प्रस्थान गरेको उनले बताए, जसमा कामदार र भिजिट भिसा दुवै खाले नेपाली छन् ।

उनले यूएईमा नेपालीको भिसा रोकिनुको कारण प्राविधिक भनेर अनौपचारिक रूपमा त्यहाँका अधिकारीले जानकारी दिएको बताए ।

जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारको मन्त्रिपरिषद् संख्या आइतबारसम्म विस्तार हुने चर्चा भएको छ । अहिले प्रधानमन्त्री शुशिला कार्कीले नै परराष्ट्र र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेकी छन् ।

ती दुवै मन्त्रालय मन्त्रीविहीन भएको कारण युएईमा भिसा खुलाउने सन्दर्भमा पनि सरकारले कुनै थप कूटनीतिक पहलकदमी गरि नसकेको मन्त्रालय स्रोतले जनाएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष भण्डारीले नेपालीको रोजगारकै लागि ठूलो गन्तव्य मुलुकमा भिसा स्वीकृति प्रक्रिया रोकिँदा सो क्षेत्रमा ठूलो समस्या सिर्जना हुने भन्दै सरकारले छिटो कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ५ : ५१ बजे

सांसदहरूसहिका पूर्वविद्यार्थीलाई केसीसीले गर्यो सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसीसी) पूर्वविद्यार्थी समाजले शनिबार बिहान सम्मान

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु

कैलाली– कैलालीमा मरेको ब्रोइलर कुखुराको मासु खाँदा दुई बालकको मृत्यु

आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको तयारी पूरा

टक्सार– आइतबारदेखि सुरु हुने भोजपुर गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको

भारतमा मिनी बस दुर्घटना हुँदा दश जनाको मृत्यु

एजेन्सी– दक्षिणी भारतीय राज्य तमिलनाडुको एउटा खोलामा  खसेर मिनी बसेर

कैलाली भन्सारद्वारा छ अर्ब ३२ करोड राजस्व संकलन

अत्तरिया– कैलाली भन्सार कार्यालय धनगढीले छ अर्ब ३२ करोड ७१