सरकारले प्राधिकरणबाट हितेन्द्र शाक्यलाई हटायो, नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल « Khabarhub

सरकारले प्राधिकरणबाट हितेन्द्र शाक्यलाई हटायो, नयाँ कार्यकारी निर्देशकमा मनोज सिलवाल


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई हटाएको छ ।

उनलाई जलतथा ऊर्जा आयोगको विशिष्ठ श्रेणीको पदमा सरूवा गरेर पूर्वउपकार्यकारी निर्देशक मनोज सिलवाललाई नयाँ कार्यकारी निर्देश बनाइएको छ।

उनी हाल अन्तरिम सरकारका ऊर्जामन्त्री कुलमान घिसिङलाई हटाउने तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णयपछि २०८१ चैत ११ गते प्राधिकरणको कार्यकारी निर्देशक बनेका थिए।

शाक्य त्यसअघि २७ माघ २०७७ मा पनि प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । तर २५ साउन २०७८ मा उनलाई हटाएर तत्कालीन शेरबहादुर देउवा नेतृत्वको कुलमानलाई नै कार्यकारी निर्देशक बनाएको थियो ।

त्यसविरुद्ध शाक्यले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै हुँदा उनी अवकाशमा गएका थिए । तर केपी शर्मा ओली नेतृत्वको सरकारले प्राधिकरणको नेतृत्वमा फर्काएको ६ महिनामै हितेन्द्रले प्राधिकरण छाड्नुपरेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ४१ बजे

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड