सीआईबी प्रमुखको जिम्मेवारी डा. मनोज केसीलाई « Khabarhub

सीआईबी प्रमुखको जिम्मेवारी डा. मनोज केसीलाई


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


582
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा डा. मनोज केसीलाई सरूवा गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले डा. केसीलाई सीआईबी प्रमुख बनाएको हो ।

‘नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखमा एआईजी मनोजकुमार केसीलाई सरुवा गरिएको छ,’ गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबारको मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा भने ।

डा. केसीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठूला नेतालाई पनि तानेका थिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ डा. आरजु राणसहित अनुसन्धान गर्दा उनलाई हटाइएको थियो।

अहिले फेरि केसीलाई नै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले सीआईबी प्रमुख बनाएको हो । नक्कली भुटानी शरणार्थी प्रकरण खोतल्दा ट्वासीका रुपमा रहेका उनी अहिले सीआईबीको नेतृत्व गर्दै फर्किएका छन्।

केसीले नै बालुवाटारस्थित ललिता निवासको जग्गा विक्री प्रकरणमा पनि अनुसन्धान गरेका थिए । वर्तमान आईजीपी चन्द्रकुवेर खापुङ आगामी कात्तिक १७ गते अवकाशमा गएपछि खाली हुने आईजीका लागि केसी बलिया दाबेदारमध्ये एक हुन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ५१ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी