जनमुखी साकोसको कुल दायित्व १ अर्ब ३८ करोड पुग्यो  « Khabarhub

जनमुखी साकोसको कुल दायित्व १ अर्ब ३८ करोड पुग्यो 


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर-५ मैनापोखरी मुख्य कार्यालय रहेको जनमुखी  बचत तथा ऋण सहकारी संस्थाको २८ औ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

संस्थाले २८औँ साधारण सभा मनाइरहँदा कुल दायित्व-कुल पुँजी एक अर्ब ३८ करोड ७६ लाख ३४ हजार आठ सय ७८ रुपैयाँ पुगेको संस्थाका अध्यक्ष माधव दाहालले जानकारी दिए ।

वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको उपस्थितिमा उद्घाटन गरिएको साधारण सभामा संस्थाको वार्षिक आयव्यय प्रतिवेदन अध्यक्ष दाहालले सार्वजनिक गरेका थिए ।

२८ वर्ष अघि साविकको काब्रे गाविसलाई कार्यक्षेत्र बनाउँदै स्थापना भएको उक्त सहकारीले छोटो समयमै आफ्नो कार्यक्षेत्रलाई फराकिलो बनाउँदै झन्डै साढे एक अर्ब पुँजी परिचालन गर्न सफल भएको अध्यक्ष दाहालले उल्लेख गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण लगायतका नियामक निकायहरूबाट प्राप्त निर्देशनले दीर्घकालीन रूपमा संस्थालाई अझ सुदृढ,सुरक्षित बनाउन सहयोग पुग्ने बताए । 

स्थानीयको मागलाई नजिकबाट सम्बोधन गर्ने र समस्या टार्ने माध्यम सहकारी भएकाले सहकारीको संरक्षणमा सबै लाग्नुपर्ने बताए । अध्यक्ष लामाले सदस्यहरूको बचत सुरक्षाका लागि स्थानीय सरकार सधैँ सकारात्मक रहेको समेत उल्लेख गरे ।

करिब २२ हजार सदस्य आबद्ध रहेको उक्त संस्थाको आ.व २०८२/०८३ को  वार्षिक प्रगति विवरण सचिव लक्ष्मण चौलागाईँले प्रस्तुत गरेका थिए ।‍ संस्थाको सेयर पुँजी १० करोड ७३ लाख २५ हजार २ सय पुगेको जनाइएको छ। -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : १४ बजे

कञ्चनपुरमा टिपरको ठक्करबाट एक किशोरको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ मा आज टिपरको ठक्करबाट

ट्रम्पले भने : इरानलाई कुनै पनि हालतमा परमाणु हतियार विकास गर्न दिँदैनौं

वाशिङ्टन डीसी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि इरानविरुद्ध कडा

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ

काठमाडौं – चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

इरानद्वारा अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत

तेहरान – इरानले मध्यस्थकर्ता पाकिस्तानमार्फत अमेरिकासँग वार्ताका लागि नयाँ प्रस्ताव

बनेपामा आजदेखि चण्डेश्वरी भगवती जात्रा

काभ्रेपलाञ्चोक – जिल्लाको बनेपामा नगर हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी