जनमुखी साकोसको कुल दायित्व १ अर्ब ३८ करोड पुग्यो  « Khabarhub

जनमुखी साकोसको कुल दायित्व १ अर्ब ३८ करोड पुग्यो 


५ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

दोलखा– जिल्लाको वैतेश्वर-५ मैनापोखरी मुख्य कार्यालय रहेको जनमुखी  बचत तथा ऋण सहकारी संस्थाको २८ औ वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ ।

संस्थाले २८औँ साधारण सभा मनाइरहँदा कुल दायित्व-कुल पुँजी एक अर्ब ३८ करोड ७६ लाख ३४ हजार आठ सय ७८ रुपैयाँ पुगेको संस्थाका अध्यक्ष माधव दाहालले जानकारी दिए ।

वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाको उपस्थितिमा उद्घाटन गरिएको साधारण सभामा संस्थाको वार्षिक आयव्यय प्रतिवेदन अध्यक्ष दाहालले सार्वजनिक गरेका थिए ।

२८ वर्ष अघि साविकको काब्रे गाविसलाई कार्यक्षेत्र बनाउँदै स्थापना भएको उक्त सहकारीले छोटो समयमै आफ्नो कार्यक्षेत्रलाई फराकिलो बनाउँदै झन्डै साढे एक अर्ब पुँजी परिचालन गर्न सफल भएको अध्यक्ष दाहालले उल्लेख गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै वैतेश्वर गाउँपालिका अध्यक्ष छवि लामाले राष्ट्रिय सहकारी नियमन प्राधिकरण लगायतका नियामक निकायहरूबाट प्राप्त निर्देशनले दीर्घकालीन रूपमा संस्थालाई अझ सुदृढ,सुरक्षित बनाउन सहयोग पुग्ने बताए । 

स्थानीयको मागलाई नजिकबाट सम्बोधन गर्ने र समस्या टार्ने माध्यम सहकारी भएकाले सहकारीको संरक्षणमा सबै लाग्नुपर्ने बताए । अध्यक्ष लामाले सदस्यहरूको बचत सुरक्षाका लागि स्थानीय सरकार सधैँ सकारात्मक रहेको समेत उल्लेख गरे ।

करिब २२ हजार सदस्य आबद्ध रहेको उक्त संस्थाको आ.व २०८२/०८३ को  वार्षिक प्रगति विवरण सचिव लक्ष्मण चौलागाईँले प्रस्तुत गरेका थिए ।‍ संस्थाको सेयर पुँजी १० करोड ७३ लाख २५ हजार २ सय पुगेको जनाइएको छ। -सुवाश बस्नेत/दोलखा

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ८ : १४ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,