विपिनको शवसँगै उनको घरमा इजरायली राजदूत : आज महाकाली नदीमा अन्त्येष्टि | Khabarhub Khabarhub

विपिनको शवसँगै उनको घरमा इजरायली राजदूत : आज महाकाली नदीमा अन्त्येष्टि


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर – दुई वर्षअघि अध्ययनका सिलसिलामा इजरायाल जानुभएका विपिन जोशी हमासको नियन्त्रणसँगै उनको हत्या भयो। चरणबद्ध रूपमा हमासको नियन्त्रणमा रहेका बन्धक सकुशल रिहा भए पनि कञ्चनपुरका जोशीको भने शव बाकसमा दुई वर्षपछि आउँदा परिवारसँगै सिङ्गो टोल शोकमय बनेको छ।

शोकलाई शक्तिमा बदल्न उनको परिवारसँगै छरछिमेक र आफन्तसँगै शव घरमा पुग्दा नेपालस्थित इजरायली राजदूत श्मुलिक आरी बाससमेत सँगै थिए। उनको साथमा नेपाल इजरायल सम्बन्धको सल्लाहकार नदाबसमेत थिए। राजदूत र सल्लाहकारको उपस्थितिले इजरायलले आफ्नो नागरिक सरह बिपीनको परिवारलाई सहयोग गरेको देख्न सकिन्छ। उनको शव परिवारलाई हस्तान्तरण गर्न नेपालस्थित इजरायली दूतावासका राजदूतसँगै पदाधिकारी विपिनको घरसम्म पुगेका हुन्।

विपिनकी आमा पद्मा र बहिनी पुष्पा विपिनको सकुशल रिहाइका लागि इजरायल, अमेरिकासम्म पुगेका थिए। तर विपिनको परिवारसँगै सबैतिरबाट रिहाइका लागि भएको प्रयास सार्थक हुन सकेनन्। केही दिनअघि मात्रै हमासले विपिन मारिएको विषय सार्वजनिक गरे पनि सोमबार बिहानसम्म आमा पद्मालाई विपिनको अवस्थाका बारेमा जानकारी दिइएको थिएन। बहिनी पुष्पाले दाइको निधनको खबरले आधिकारिता पाएपछि घरमा तिहारका लागि तयार पारिएका सयपत्री फूल उखेलिकी जोशी परिवारको भनाइ छ।

सोमबार दिउँसो काठमाडौँ पुर्‍याइएको विपिनको शव नेपाली सेनाको स्काइ ट्रकबाट बेलुकी अबेर धनगढी पुर्‍याइएको थियो। विपिनको अन्तिम दाहसंस्कार आज बिहान महेन्द्रनगरस्थित महाकाली नदीमा गरिने छ।

इजरायलले पठाएको फरेन्सिक परीक्षणको रिपोर्टमा विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ। इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण रिपोर्टमा टाउकोमा गोली लागेर मृत्यु भएको उल्लेख गरिएको छ।

दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए। उक्त आक्रमणमा परेर सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो। इजरायल र हामासबीच युद्धबिराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो।

विपिनको आज बिहान महाकाली नदीमा अन्तिम संस्कार गरिने परिवारका सदस्य किशोरले जानकारी दिए। “भाइ फर्किने ठूलो आशा थियो”, उनले भने, “तर सबै सपनामाथि बज्रपात भएको छ। बोल्ने र भन्ने शब्द नै रहेन।”

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ७ : ०१ बजे

पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव

निगमलाई प्रधानमन्त्रीको चेतावनी : आफ्नो इन्जिन विदेशमा थन्क्काएर भाडामा जहाज उडाउने कुरा सह्य हुँदैन

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२० जहाजको

मङ्सिर पहिलो साता अन्तर्राष्ट्रिय कर सम्मेलन हुने

काठमाडौं– नेपाल चेम्बर अफ ट्याक्स कन्सलटेन्ट्सको आयोजनामा आगामी मङ्सिर २

महामन्त्री गगनले भने : नियमित महाधिवेशनको च्याप्टर सकियो, मंसिर २७ गते विशेष महाधिवेशन गर्नैपर्छ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई जनतामा पुनःविश्वास दिलाउन