जेन-जी आन्दोलनका क्रममा भाटभटेनीमा जलेका १२ जनाको अझै पहिचान हुन सकेन « Khabarhub

जेन-जी आन्दोलनका क्रममा भाटभटेनीमा जलेका १२ जनाको अझै पहिचान हुन सकेन


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जनामध्ये अझै पनि १२ मृतकको पहिचान हुन सकेको छैन ।

गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी जना ३ सहित पहिचान खुलेका नागरिक ५३ जना नागरिकका परिवारका लागि जनही १५ लाख रुपैयाँका दरले रकम निकासा गरिएको बताएका छन् ।

उनका अनुसार ती ७६ मृतकमध्ये १२ जनाको अझै पहिचान खुल्न सकेको छैन। त्यसरी पहिचान खुल्न नसकेका अधिकांश जलेकाहरू छन् । धेरैजसो आन्दोलनका क्रममा भाटभटेनीसहितका स्थानमा आगो लगाउन र लुट्न जाँदा जलेका थिए ।

मन्त्री अर्यालयका अनुसार रामेछापसहित देशका विभिन्न कारागारबाट भाग्न लाग्दा सुरक्षाकर्मीले चलाएको गोली लागेर १० जना कैदीको मृत्यु भएको थियो। जसमा एकजना विदेशी पनि छन् ।

सहिद घोषणा प्रयोजनका लागि मृतकहरूको पुष्टयाइँसहितको प्रहरी प्रतिवेदन र सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत् यकीन गर्न विवरण लिँदा १० जना कैदी मारिएको पुष्टि छ। तर आन्दोलनका क्रममा मरेका १२ जनाको पहिचान भएको छैन ।

यसअघि नेपाली सेनाले आन्दोलनका क्रममा २२ जना मात्रै प्रदर्शनकारी मारिएको जनाएको थियो । अन्य ४१ जना भने आन्दोलनमा सहभागी नभई विभिन्न कारणले मरेको सेनाले जनाएको थियो ।

सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्व बनाएको जाँचबुझ आयोगले पनि यसबारे छानबिन गरिरहेको छ। देशका विभिन्न भाटभटेनीमा मात्रै १२ जना जलेका थिए ।

काठमाडौंको चुच्चेपाटी शाखामा ६ जना, कोटेश्वरमा १ जना, सुनसरीमा ४ जना र मोरङमा १ जनासहित १२ जनाको जलेको भेटिएका थिए । तर ती शवको अहिलेसम्म पहिचान हुन सकेको छैन । परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएका ती शवको डीएनए पहिचानमै समस्या भएको छ ।

जलेर कंकालमात्रै रहेकाले तीनलाई डीएनए परीक्षणबिना चिन्न सक्ने अवस्था छैन। यी १२ जना मृतकका परिवार सम्पर्कमा नआउँदा सरकारलाई पहिचानमा समस्या भएको छ।

प्रहरीले पनि आन्दोलनका क्रममा जलेका भवनहरूमा मानव अस्थिपञ्जर भेटिएकाले हराइरहेका वा सम्पर्कमा नआएका आफन्तबारे जानकारी दिन भनेको थियो । तर अझैसम्म यी १२ जनाका परिवार सम्पर्कबाहिर छन् ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  १२ : ०६ बजे

जलजलाको सम्भावना उल्झाउने र समस्या सुल्झाउने धवलागिरिको प्रयास

म्याग्दी– प्रशस्त पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको जलजलाको सम्भावना

‘ककरोच जनता पार्टी’ लाई काउन्टर दिन ‘ओगी जनता पार्टी’

काठमाडौं- भारतमा भाइरल भइरहेकाे ककरोच जनता पार्टीलाई काउन्टर दिन ओगी

मुस्ताङको लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु

मुस्ताङ– उपल्लो मुस्ताङस्थित लोमन्थाङ गाउँपालिकामा कर सेवा सुरु गरिएको छ

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि