सरकारलाई माधव नेपालको सुझाव : दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्नुहोस् « Khabarhub

सरकारलाई माधव नेपालको सुझाव : दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्नुहोस्


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् ।  

मंगलबार काठमाडौंमा आयोजित देउसी भैलो कार्यक्रममा सहभागी भएका अध्यक्ष नेपालले सञ्चारकर्मीसँग कुरा गर्दै सरकारले घोषणा गरेको निर्वाचनलाई निष्पक्ष र मर्यादीत बनाउन आफूहरूले पनि सहयोग गर्ने भन्दै राजनीतिक दल र नेताहरूलाई विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिएका हुन् । 

उनले संविधानलाई संशोधन गर्दै संघीयतालाई परिष्कृत र सुधार गर्न सकिने भन्दै संविधान सुधारको पक्षमा बृहत् राजनीतिक छलफलको आवश्यकता रहेको धारणा राखे । 

अध्यक्ष नेपालले सबै राजनीतिक दल र नेताहरूलाई उस्तै–उस्तै नठान्न आग्रह समेत गरे । उनले सुशासन, भ्रष्टाचारको अन्त्य लगायत जेनजी पुस्ताको मागप्रति यसअघिको सरकार गम्भीर नभएका कारण युवाहरू सडकमा आउनुपरेको र सो क्रममा दुखद घटना भएको बताए । उनले जेन-जी आन्दोलनमा भएको घुसपैठको छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने जिकिर गरे । 

त्यसैगरि उनले जेन-जी पुस्ताहरूको आन्दोलनका क्रममा गोली चलाउने काम पनि निन्दनीय भएकाले त्यसको पनि उचित छानबिन हुनुपर्ने धारणा राखे । संविधान र गणतन्त्रमाथि आँच आउने काम कसै पनि गर्न नहुने उनको भनाइ छ । 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  २ : ४९ बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको