शान्तिको पक्षमा ट्रम्प : युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह « Khabarhub

शान्तिको पक्षमा ट्रम्प : युक्रेन र रुसलाई तत्काल युद्ध रोक्न आग्रह


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन–रुस युद्धको सन्दर्भमा आफ्नो पछिल्लो धारणा सार्वजनिक गर्दै दुबै पक्षलाई युद्ध तत्काल रोक्न आह्वान गरेका छन् । युक्रेनको विजय सम्भव भए पनि हालको परिस्थितिमा त्यसमा विश्वास गर्न गाह्रो भइरहेको उनले बताए ।

अष्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजसँग ह्वाइट हाउसमा भएको भेटको अवसरमा ट्रम्पले भने, ‘यसअघि म युक्रेनले गुमाएको भूभाग फिर्ता लिन सक्ने कुरामा आशावादी थिएँ। तर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको लामो संवाद र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलान्स्कीसँगको प्रत्यक्ष भेटपछि मेरो धारणा केही बदलिएको छ।’

उनले हालको अवस्थामा युद्ध रोकिने हो भने शान्तिपूर्ण समाधानको सम्भावना बढ्ने स्पष्ट पारे। ट्रम्पले थपे, ‘मैले कहिल्यै युक्रेन युद्ध जित्छ नै भनेको थिइनँ, मैले भनेको थिएँ कि उनीहरू जित्न सक्छन्। तर युद्ध स्वभावतः अनिश्चित र जटिल हुन्छ।’

राष्ट्रपति जेलान्स्कीले ट्रम्पसँगको भेटलाई सकारात्मक बताएका छन्। यद्यपि, उनले रूसी पक्षले डोनेत्स्क र लुहान्स्क क्षेत्रहरू पूर्ण रूपमा युक्रेनसँग छोड्नुपर्ने माग दोहोर्याएको जानकारी दिए।

टोमहक क्षेप्यास्त्र प्रणालीबारे ट्रम्पले हाललाई संयम अपनाउने संकेत गरेका छन्। अवस्था अझ जटिल नहोस् भन्ने उद्देश्यले यसबारे तत्काल निर्णय नलिने धारणा व्यक्त गरेका हुन् ।

जेलान्स्कीले पुटिनसँग हुन लागेको आगामी वार्तालाई शान्तिपूर्ण समाधानतर्फको सकारात्मक संकेतको रूपमा लिएको बताए। साथै, अमेरिकाबाट प्याट्रियट हवाई रक्षा प्रणाली प्राप्त गर्ने विषयमा पनि छलफल भइरहेको जानकारी दिए।

उनले भने, ‘हामी राष्ट्रपति ट्रम्पको सकारात्मक सोचको कदर गर्छौं, यदि यसले युद्ध अन्त्यका लागि सहयोग पुर्‍याउँछ भने।’

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  २ : ३७ बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको