प्रधानमन्त्रीले भनिन्- सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन « Khabarhub

प्रधानमन्त्रीले भनिन्- सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैन


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् ।

मंगलबार बालुवाटारमा जेन-जी आन्दोलनका घाइतेहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले जेन-जी आन्दोलनको मर्मभन्दा बाहिर नजाने र प्रक्रियासम्मत ढंगले कानुनी रूपमा तल नपर्ने गरी काम गर्ने बताइन् । 

त्यस्तै जने-जी आन्दोलनले दिएको म्यान्डेटअनुसार चल्ने र सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनले बताइन् । त्यस्तै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको अनुसन्धान पनि हुने भन्दै राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेको जानकारी दिइन् । 

छलफलका क्रममा जेन-जी आन्दोलनका घाइतेहरूले भ्रष्टाचारी र दमनकारी विरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिँदै भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

छलफलमा सहभागी सञ्चारमन्त्री जगदीश खरेलले आन्दोलनपछि यसअघिको सरकार र प्रतिनिधिसभा विस्थापित गरे पनि पुरानै संरचना कायमै रहेकाले काम गर्नका लागि असहज भइरहेको बताए ।

त्यस्तै गृहमन्त्री ओम प्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको कार्यप्रगति बारे घाइतेहरूलाई अवगत गराएका थिए । घाइतेहरूले जेन-जीले उठाएका मुद्दाहरूमा भन्दा निर्वाचनमा मात्रै सरकारको ध्यान गएको भन्दै आपत्ति जनाएका थिए । 

जेन-जी आन्दोलनका क्रममा घाइते रुपिन खड्काको नेतृत्वमा १८ जनाको समूहले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् । 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ३ : ४७ बजे

बाढीका कारण क्षतिग्रस्त १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालन

काठमाडौँ– भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीका कारण क्षतिग्रस्त भएका १८ वटा

बीपी कोइराला क्यान्सर अस्पतालका समस्या पहिचान गर्न सुधार समिति गठन

चितवन-  बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका समस्या पहिचान गरी सुधारका

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी