ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई « Khabarhub

ज्योतिपुञ्ज कपको उपाधि आयोजकलाई


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– पाल्पाको रामपुर नगरपालिकामा सञ्चालन भएको जिल्लाकै सर्वाधिक राशिको तेस्रो ज्योतिपुञ्ज कपको उपाधि आयोजक ज्योतिपुञ्ज युवा क्लबले जितेको छ ।

फाइनल खेलमा दोस्रो संस्करणको विजेता युनाइटेड युथ क्लब गिरुबारी, नवलपुरलाई १–० गोलअन्तरले पराजित गर्दै ज्योतिपुञ्जले तेस्रो संस्करणको उपाधि प्राप्त गरेको हो । फाइनल खेलमा ज्योतिपुञ्जले सुमित श्रेष्ठको गोलको मद्दतमा उपाधि जित्न सफल भएको हो । 

विजेता ज्योतिपुञ्जले रु तीन लाख ५० हजार र उपविजेता युनाइटेड युथ क्लबले रु दुई लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको खेल संयोजक अनिल शाहीले जानकारी दिए । सेमिफाइनलमा पराजित अभिषेक चर्च रजहर र देवदह ब्वाइजले रु २५-२५ हजार पाए । 

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी ज्योतिपुञ्जका आशिष गुरुङ, उत्कृष्ट गोलकिपर ज्योतिपुञ्जकै सरोज तामाङ, उत्कृष्ट डिफेन्डर युनाइटेडका सुमित मल्लाह,  सर्वाधिक गोलकर्ता देवदह ब्वाइजका आशिष जिसी, उदियमान खेलाडी युनाइटेडका यामप्रसाद बुढा र उत्कृष्ट प्रशिक्षक ज्योतिपुञ्जका केशवराज श्रेष्ठ घोषित भए ।

समापन समारोहमा रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले प्रतियोगिताले नयाँ खेल प्रतिभालाई आकर्षित गरेको बताए । किसानबारीमा रङ्गशाला निर्माण गर्न नगरपालिकाले रु दुई करोड विनियोजन गरेको उनले जानकारी दिए । 

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ५ : ०८ बजे

पूर्वप्रधानमन्त्री ओलीलाई पितृ शोक

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्