पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै « Khabarhub

पोखरामा प्लाष्टिकका फूलमालाको बिक्री वितरण कम हुँदै


४ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कास्की- पोखरा महानगरपालिकामा प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरण कम हुँदै गएको छ । महानगरले चार वर्षअघिदेखि प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएकामा यसको कार्यान्वयन प्रभावकारी देखिएको हो । महानगरको उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन समितिले बजारका विभिन्न पसलहरूमा गरेको अनुगमनका क्रममा केही पसलमा थोरै मात्रामा प्लाष्टिकका माला फेला परेपनि अधिकांशमा भेटिएको थिएन ।

महानगरका उपप्रमुख एवं अनुगमन समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा सहरका विभिन्न १० वटा पसलमा अनुगमन गरिएको थियो । प्लाष्टिकका माला फेला परेका पसलका व्यवसायीले समेत पुरानो खरिद रहेको र त्यो फूलमाला नबेच्ने भन्दै थन्क्याएका थिए ।

प्लाष्टिकका फूल बिक्री वितरणमा रोक लगाएको महानगरले तिहारलाई लक्षित गर्दै स्थानीय फूलको खरिद–बिक्री व्यवस्थापन स्थानीयस्तरमै मिलाएको छ । महानगरले किसान बजारमार्फत स्थानीय फूल बिक्रीको व्यवस्था गर्दै बिक्रीका लागि २५ ठाउँ तोकेको छ ।

उपप्रमुख गुरुङले प्लाष्टिकका फूल वितरण नगर्ने र स्थानीय फूलको प्रवद्र्धनको निर्णय कार्यान्वयन राम्रो भएको बताइन् । उनले विगतका वर्षहरूभन्दा यस वर्ष तिहारको समयमा कम प्लाष्टिकका फूलमाला बिक्री नभएको बताइन् । महानगरपालिकाले प्लाष्टिकजन्य फूलमाला बिक्री–वितरण नगर्न, नगराउन र वातावरणमा नकारात्मक असर पार्ने निषेधित प्लाष्टिकजन्य फूलको प्रयोग नगरी स्थानीय फूल प्रयोग गर्न आग्रह गरेको छ ।

महानगरले नगरवासीकै हित, वातावरणीय स्वच्छता र वास्तविक चाडमा विकृति नहोस् भनेर अनुगमनलाई समेत जोड दिएको छ । उपप्रमुख गुरुङले भनिन्, “महानगरले प्लाष्टिकका फूल–गुच्छा बिक्री वितरणमा गरेको निर्णय राम्रोसँग लागू भएको छ । महानगरले अनुगमनसमेत प्रभावकारी गरेको छ र अटेर गर्नेलाई कानुनी दायरामा ल्याएको छ । यसबाट पोखरामा स्थानीय फूलको उत्पादन र प्रयोग बढेको छ ।”

पोखरा महानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले अनुगमनका क्रममा झण्डै १०० वटा प्लाष्टिकका माला जफत गरिएको जानकारी दिए । उनका अनुसार विगतका वर्षहरूमा भन्दा यस वर्ष बजारमा कममात्रामा प्लाष्टिकका फूल र माला देखिएको र त्यसलाई बिक्री वितरण गर्नमा रोक लगाइएको छ ।

“आयातित फूलको विकल्पमा स्थानीय उत्पादनमा आत्मनिर्भर बन्ने अवस्था आएको छ । स्थानीय फूल उत्पादनका लागि महानगरकाले किसानलाई अनुदान समेत दिने गरेको छ”, कडरियाले भने । महानगरले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लाष्टिकजन्य फूल–गुच्छाको बिक्री, वितरण वा भण्डारण निषेध गरेको र सोही ऐनको अधिकार प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूल–गुच्छाको बिक्रीवितरणमा रोक लगाउने भनी नेपाल राजपत्रमा प्रकाशित सूचना जारी गरेको थियो ।

सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय उत्पादन प्रवद्र्धन नीतिअनुसार प्लाष्टिकजन्य फूलमाला बिक्री–वितरणमा रोक लगाएको हो ।

प्रकाशित मिति : ४ कार्तिक २०८२, मंगलबार  ७ : ४४ बजे

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५