काठमाडौं – दलहरूसँगको संवादमा प्रधानमन्त्री सुशीला कार्कीले सरकारको मुख्य उदेश्य समयमै निर्वाचन गराउनु रहेको बताएकी छन्।
आज भएको १० दलहरूको संवादमा प्रधानमन्त्री कार्कीले यस्तो कुरा राखेको उनका मुख्य सल्लाहकार अजयभद्र खनालले बताए ।
प्रधानमन्त्रीले दलहरूको सहयोग बिना निर्वाचन सम्पन्न गर्न नसकिने भन्दै राजनीतिक संवाद अगाडि बढाएर जाने समेत बताएकी थिइन्।
‘सबैले आ–आफ्नो तर्फबाट खुलेर कुरा राख्नुभएको छ। चासोहरू व्यक्त भएका छन्। मुख्यतः सुरक्षा चासोमा घनीभूत छलफल भएको छ’ प्रधानमन्त्रीको सचिवालयले भनेको छ ,‘प्रधानमन्त्रीज्यूले सरकारको मुख्य ध्येय निर्वाचन रहेको र दलहरूको सहयोगबिना त्यो सम्भव हुँदैन भन्नुभएको छ।’
नेताहरूका अनुसार निर्वाचन समयमा गराउनका लागि आफू तयार रहेको जानकारी प्रधानमन्त्रीले दलहरूसँग गरेकी थिइन्। तर दलहरूले शान्ति सुरक्षा कायम गरेर मात्रै निर्वाचनको वातावरण बन्ने बताएका थिए।
प्रतिक्रिया