आज विश्व टेलिभिजन दिवस « Khabarhub

आज विश्व टेलिभिजन दिवस


५ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । 

निर्णय प्रक्रिया, जनमत निर्माण, शान्तिसुरक्षा तथा विकाससम्बन्धी विषयमा टेलिभिजनको बढ्दो प्रभावलाई मान्यता दिँदै राष्ट्रसङ्घको महासभाले सन् १९९६ को डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरेर यो दिवस मनाउने घोषणा गरेको हो ।

टेलिभिजन सूचना आदानप्रदान विश्वभरका समुदायलाई जोड्ने, संवेदनशील विषयमा ध्यानाकर्षण गराउने र सार्वजनिक धारणा निर्माणमा सहायता पुर्‍याउने प्रमुख माध्यम मानिन्छ ।

यसै पृष्ठभूमिमा संयुक्त राष्ट्रसङ्घले सन् १९९६ को नोभेम्बर २१ र २२ मा पहिलो विश्व टेलिभिजन फोरम आयोजना गरेर विश्वका प्रमुख सञ्चारकर्मीहरूलाई एकै स्थानमा ल्याएर बदलिँदो विश्वमा टेलिभिजनको भूमिका, प्रभाव र अन्तर्राष्ट्रिय सहकार्य कसरी विस्तार गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । 

त्यसपछि  हरेक वर्ष २१ नोभेम्बरलाई विश्व टेलिभिजन दिवसका रूपमा मनाउन थालिएको हो ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ६ : ४१ बजे

कात्तिकमा ३५ हजार बढी पर्यटकले ‘एक्याप’ घुमे

गण्डकी– गत कात्तिकमा ३५ हजार ९५२ विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण

नवलपुरमा मतदानस्थल थप गर्न सिफारिस

नवलपुर – बर्दघाट–सुस्तापूर्वमा मतदानस्थल थप गर्न निर्वाचन आयोगसमक्ष सिफारिस गरिएको

१० बजेसम्म सिमरा घटनाका मुख्य अभियुक्त पक्राउ नगरे आन्दोलनमा जाने सुदन गुरुङको चेतावनी

काठमाडौं – जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङले सिमरा घटनापछि सम्राज

प्रकृति र संस्कृतिको सङ्गम तीनचुले

म्याग्दी– घनाजङ्गलको बीचमा रहेको पहाडको टाकुरा । पूर्व र उत्तरतर्फ

‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

कर्णाली– नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकासमा